इरानमाथि अमेरिका र इजरायलको आक्रमण संयुक्त राष्ट्रसंघीय बडापत्र विपरीत: राष्ट्रसंघ

इरानमा भइरहेको मानवअधिकार उल्लंघनको अनुसन्धान गरिरहेको संयुक्त राष्ट्रसंघको स्वतन्त्र टोलीले अमेरिका र इजरायलद्वारा इरानमा गरिएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघीय नियोगले यी हमला र यसको जवाफमा इरानले क्षेत्रभरि गरेका प्रत्याक्रमणहरू संयुक्त राष्ट्रसंघीय बडापत्रको विरुद्धमा रहेको स्पष्ट पारेको हो । कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध बल […]

प्रतिनिधि सभा निर्वाचन : झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी […]

रविले मत हालेपछि ढोगे मतपेटिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन् । रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर-३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् । रवि चितवन क्षेत्र नम्बर-२ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसाली सकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।

प्रधानामन्त्री कार्कीद्वारा काठमाडौंबाट मतदान

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले पनि मतदान गर्नुभएको छ । प्रधानामन्त्री कार्कीले बिहीबार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि मतदान भइरहेको छ । प्रत्यक्षतर्फ ६१ वटा […]

फागुन २५ गतेभित्र प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्ने : रामप्रसाद भण्डारी

काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गर्नुभएको छ । उहाँले बिहीबार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको भन्दै सबै मतदाताहरुमा मतदान सहभागी हुन आह्वान गर्नुभयो । उहाँले मतगणनाको सन्दर्भमा खसेको मतको आधारमा गणना […]

सागर ढकालले गरे मतदान

काठमाडौँ । सागर ढकालले गुल्मीको सत्यवती गाउँपालिका–६ स्थित बालकल्याण नि.मा.वि. मतदान केन्द्रमा मतदान गरेका छन्। उनले बिहीबार बिहान ७ बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

निर्वाचन शान्तिपूर्ण र भयरहित हुने जियोकको निष्कर्ष

काठमाडाैं । ‘जेन–जी विद्रोह’पछिको विशेष र संवेदनशील अवस्थामा बिहीवार हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने देखिएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले बुधवार साँझसम्म विभिन्न जिल्लामा गरेको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार निर्वाचन आयोग, नेपाल सरकार र सुरक्षा निकायको तयारी विगतका निर्वाचनभन्दा निकै व्यवस्थित र चुस्त पाइएको हो । निर्वाचनको […]

निर्वाचनको दिन पत्रकारले सूचना विभागको कार्ड वा सञ्चार रजिस्ट्रारको कार्यालय कार्ड देखाएर हिँडडुल गर्न पाइने

काठमाडौं । भोलि हुने प्रतिनिधि सभा निर्वाचनको दिन पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न पाउने भएका छन् । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सूचना संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूले सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालयबाट […]

उम्मेदवारी खारेजीको माग गर्दै आन्दोलन

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा कांग्रेस बाहेक दलले उमेदवारी खारेजीको माग गर्दै आन्दोलन गरेका छन् । मौनअवधिको समयमा नेपाली कांग्रेसका नेता ५ लाख नगद सहित समातिएपछि अन्य दलले कांग्रेसको उमेदवारी खारेज गर्नुपर्ने माग राखेर आन्दोलन गरेका हुन। आन्दोलनरत दल सहित बुधबार भएको सर्वदलीय बैठक निष्कर्ष विहिन भएका छन। ७ दलले कांग्रेस उम्मेदवारको दर्ता खारेजीको मागलाई […]

रवि लामिछानेले माहांकालमा मतदान गर्ने, बालेनले सिनामंगलमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रमा मतदान गर्ने भएका छन्। बिहान ७ बजे उनले मतदान गर्ने लामिछानेको सचिवालयले जनाएको छ। त्यस्तै, रास्वपाका वरिष्ठ नेता बालेन शाहले भने सिनामंगलस्थित अन्नपूर्ण स्कुलस्थित मतदानस्थलमा बिहान ७ बजे मतदान गर्ने तय भएको छ।