आइसिसी विश्वकप लिग-२: एकपछि अर्को हारका कारण नेपाल संकटमा

खराब ब्याटिङ सामना गरिरहेको नेपाल आइसिसी विश्वकप लिग–२ मा एकपछि अर्को हारका कारण संकटमा परेको छ। लिग–२ अन्तर्गत जारी त्रिदेशीय शृंखलामा बिहीबार घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पाँच विकेटले नतिजा सुम्पिन पुग्यो। कप्तान रोहितकुमार पौडेलको शतक बाबजुद नेपालले सामान्य लक्ष्य दियो र सहजै नतिजा पनि गुमायो। आठ राष्ट्र सम्मिलित लिग–२ मा नेपालको यो […]

टिकौलीको जंगलमा रोकिराखेको ट्रकसँग ठोक्किएको बसलाई अर्को बसले दियो ठक्कर

चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। गएराति पौने २ बजे भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ  गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउँदै  गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको  यात्रुबाहक बस ठोक्किएको थियो। ट्रकमा ठोक्किएको बससँग जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको  बा.प्र.०३०० ख ३९०२ नम्बरको अर्को यात्रुबाहक […]

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिबाट मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको […]

मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र

मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक इटालियन नागरिक खराब मौसम र हिमपातका कारण अलपत्र परेका छन्। मकालु आधार शिविरभन्दा केही माथि पुगेपछि इटालियन नागरिक जेसस मार्टिनेज नोभास अलपत्र परेका हुन्। लगातारको वर्षा र हिमपातका कारण करिब पाँच हजार ७०० मिटरको उचाइमा रहेका इटालियन नागरिक नोभासको मङ्गलबारदेखि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयका […]

ललितपुरमा एक व्यक्तिको हत्या, ८१ वर्षीय वृद्ध पक्राउ

ललितपुरको एकजनाको हत्या भएको छ । हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन्। मंगलबार साँझ ललितपुर महानगरपालिका- २२ खोंइचामा ५५ वर्षका धने भन्ने धनबहादुर तामाङको हत्या भएको हो। हत्या आरोपमा स्थानीय ८१ वर्षीय कान्छा पुतुवारलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ। पतुवारको घरमा बस्ने एक महिलासँग तामाङको आर्थिक लेनदेन रहेको र सोही […]

हतियार देखाइ लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

प्रहरीले हतियार देखाइ लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। बिहीबार मकवानपुर भिमफेदी गाउँपालिका-५ का २६ वर्षीय सुर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका- १० का २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका अनुसार उनीहरूले खुकुरी देखाई तारकेश्वर नगरपालिका- ६ स्थित लुटपाट गरेका थिए। उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट […]

सरकारले रिक्त स्थानमा राजदूत नियुक्ति नगर्ने

सरकारले रिक्त रहेका स्थानमा राजदूत नियुक्ति नगर्ने भएको छ। अन्तरिम सरकारसँग समय धेरै नरहेकाले राजदूत नियुक्त नगर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रस्ट पारे। ‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले के स्पष्ट रूपमा भनिसक्नुभएको छ भने सरकारले रिक्त रहेको ठाउँमा अरू राजदूतहरू नियुक्त गर्दैन। किनभने यो अन्तरिम सरकार हो, अन्तरिम सरकार भएकाले हाम्रो अवधि कति छ भन्ने […]

क्रिकेटका लागि पोखरामा नेपथ्यको कन्सर्ट, इन्ट्रीका लागि पोखराको जर्सी किन्नुपर्ने

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ। ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ मा पोखरा रंगशालाको फुटबल स्टेडियममा कन्सर्ट गर्ने भएको हो। क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्ट आयोजना गर्न लागिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए। ‘कन्सर्ट प्रवेशका लागि टिकट राखिएको छैन,’ अध्यक्ष […]

राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्री खनालको निर्देशन

अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक बसेको छ । उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक(नेपाल प्रहरी, महानिरीक्षक(सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक(राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक(भन्सार विभाग, महानिर्देशक(आन्तरिक राजस्व विभाग, महानिर्देशक(राजस्व अनुसन्धान विभाग, महानिर्देशक( सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतको उपस्थिति रहेको थियो ।   बैठक अर्थ […]

मोरङमा एक सातामा दुई कैदीबन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मुत्यु भएको छ । जिल्ला कारागार मोरङका अनुसार बिहीबार बिहान एक जना कैदीको मृत्यु भएको हो । गत शुक्रबार राति एक जना बन्दीको मृत्यु भएको थियो ।  दुवै कैदीबन्दीको स्वास्थ्य समस्या भने एउटै छ । कारागार प्रशासनका अनुसार दुवैको शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समस्या […]