बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँ : शिक्षा समिति सभापति

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारीबिचको सहमतिमा हस्ताक्षर गरेको बताएका छन् । शनिबार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सभापति थापाले आफूले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सही गर्न बाध्य भएको बताएका हुन् । आफूलाई कसैले जबरजस्ती हस्ताक्षर नगराएको स्पष्ट […]

महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण

। विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण गरेको छ । कृषकहरूलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए । कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास […]

रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता

रुसले १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फर्काएको छ । यसलाई युद्ध सुरु भएको तीन वर्षभन्दा बढी समयपछि भएको सबैभन्दा ठुलो शव फिर्ता प्रक्रिया मध्येको एक मानिएको छ। शुक्रबार भएको यो फिर्ता पछिल्लो महिनामा इस्तानबुलमा सम्पन्न शान्ति वार्ताको सम्झौताअनुसार गरिएको हो। तर, मास्कोले यो प्रक्रिया एकतर्फी भएको दाबी गर्दै आएको छ। युक्रेनले आफ्ना मृतक सैनिकहरूको […]

प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल, उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

नेपाल पुलिस र नेपाल एपिएफ क्लब पहिलो संस्करणको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । पोखरामा शुक्रबार राउन्ड रोबिन लिगका आधारमा भएको पहिलो सेमिफाइनलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुई स्थान पक्का गर्‍यो । एपिएफले दोस्रो सेमिफाइनलमा न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिससँगको उपाधि […]

बाग्लुङमा जीप दुर्घटना दुई जनाको मृत्यु

बाग्लुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो बेलुका भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा जीप चालक २७ वर्षीय गोविन्द थापासहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले बताए । घाइते […]

पोखराको मदरल्याण्डका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । महानगर न्यायिक समितिले विभिन्न संघ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि सञ्चालन गरेकोे कार्यक्रमलाई यस […]

गण्डकीसहित यी ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भाना

पोखार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र […]

वडाध्यक्ष बरालको सिफारिसमा श्रीराम आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

पोखरा, पहार ट्रस्ट नेपालले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका–८, स्थित श्रीराम आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता ट्रस्टका अध्यक्ष बिजुलीबहादुर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ८ का वडाध्यक्ष श्री रुद्रनाथ बरालको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङ, वडा सदस्य […]

उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

न्याय परिषद्ले चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि  सिफारिस गरेको छ। शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो । भट्टराई  हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेकोमा उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा […]

हमदवादमा भएको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

भारतको अहमदवादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्य सहित २४१ यात्रुको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । यो घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको सो पार्टीले विज्ञप्तिमार्फत जनाएको छ । घटनामा परी निधन भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै […]