पाल्पामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तानसेन (पाल्पा) । यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका […]
जेनजी आन्दोलनमा प्रहरीको सञ्चारतर्फ मात्रै २६ करोडको क्षति

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको सञ्चारतर्फ पनि ठूलो क्षति भएको छ । आन्दोलनमा प्रहरीतर्फ भएको क्षतिलगायत विवरणको अध्ययन गर्न बनाइएको डिआइजी दीपक रेग्मी नेतृत्वको समितिले सञ्चारतर्फ पनि ठूलो क्षति भएको औँल्याएको छ । रेग्मी समितिको प्रतिवेदनमा सञ्चार साधनतर्फ मात्रै २५ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ […]
दृष्टि आँखा अस्पताल र पोखरेलि ट्याक्सी बिच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट

पोखरा:दृष्टि आँखा अस्पताल र पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की बिच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की र गन्डकि प्रदेश कै पहिलो निजि आखा अस्पताल दृष्टि आँखा अस्पतालबीच आँखा सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, अब पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की का सदस्य तथा […]
मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

गत सोमबारदेखि परेको हिमपात रोकिएसँगै मनाङ क्षेत्रको यात्रा अवस्था सहज हुँदै गएको छ। विशेष गरी विश्वकै अग्लो ताल, तिलिचो ताल (४,९१९ मिटर) र थोराङ्ला भञ्ज्याङ (५,४१६ मिटर)को पदयात्रामा आएका पर्यटकका लागि हाल परिस्थिती अनुकूल बन्न थालेको छ। मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत थोराङ्ला भञ्ज्याङमा पुगेका पर्यटकहरू मौसम असहज भएपछि फर्किन […]
प्रधानमन्त्री र दलसँगको बैठकमा जेन–जीका यी प्रतिनिधि सहभागी हुँदै

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सरकार, राजनीतिक दल र जेन–जीबिचको त्रिपक्षीय बैठकमा जेन–जीका १३ प्रतिनिधि सहभागी हुँदै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार संयुक्त बैठकमा मिराज ढुंगाना, मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी हुनेछन्। २१ फागुनमा तोकिएको प्रतिनिधिसभा […]
खेलकुद मन्त्रालय मातहतका ७ निकायलाई सबै बैठक लाइभ गर्न निर्देशन

खेलकुद मन्त्रालयले मातहतका विभिन्न ७ निकायलाई पत्र पठाउँदै सबै बैठकको प्रत्यक्ष प्रशारण गर्न सर्कुलर गरेको छ । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गर्नासाथ मातहतका सबै निकायको बैठक प्रत्यक्ष प्रशारण गर्ने पहिलो निर्णय गरेका थिए । त्यसै बमोजिम राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपाल स्काउट, राष्ट्रिय एन्टिडम्पिङ एजेन्सी, […]
सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ । छलफलका लागि सरकारले आज (बुधबार) त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई आमन्त्रण गरेको छ । सञ्चार तथा […]
इजरायलद्वारा गाजामा फेरि भीषण आक्रमण, ३३ प्यालेस्टाइनीको मृत्यु

इजराइलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ । इजरायलले गाजा सहरसँगै, बेत ला र खान युनिससहितका केही अन्य सहरका घर, विद्यालय र बसोबासका लागि बनाइएका भवनहरूमा हवाई आक्रमण गरेको हो । हमासका स्वास्थ्य अधिकारीहरू र ‘सिविल डिफेन्स एजेन्सी’ का अनुसार आक्रमणबाट ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली अधिकारीहरूले हमासमाथि अमेरिकको […]
ओलीको ६ बुँदे मार्गचित्र : संसद् पुनर्स्थापनापछि जेन–जीसहितको सर्वदलीय सरकार, २१ फागुनमै चुनाव

एमाले अध्यक्ष केपी ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि जेन–जीसहितको सहभागितामा सर्वदलीय सरकार गठन गरेर आगामी २१ फागुनमै निर्वाचन गर्न सकिने मार्गचित्र अगाडि सारेका छन् । २३ र २४ भदौको जेन–जी आन्दोलनबाट सत्ताच्युत तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलबार भक्तपुरको गुन्डुस्थित निवासबाट त्यस्तो नयाँ मार्गचित्रसहितको प्रस्ताव अगाडि सारेका हुन् । एमाले आबद्ध मानव अधिकार क्षेत्रमा कार्यरतको संगठन मानव अधिकार एलायन्सको […]
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुन:स्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।