
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको थियो । बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पुगेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी […]
पोखरा र रुकुमपूर्वको सम्बन्धमा नयाँ अध्याय : सभामुख घर्ति भन्छन्, ‘अर्गानिक ब्रान्डमा जोडिँदै दुई क्षेत्र’

ईम्वोईडरी एण्ड गार्मन्ट एशोसिएशन (एगा) पोखराको स्वदेशी कच्चा पदार्थ तथा सिप बिकास तालिम तथा अबलोकन भ्रमणको क्रममा रुकुम पुर्बको पर्यटन बिकास र पोखरा संगको संबन्ध बिस्तार संबन्धी अन्र्तकृया सम्पन्न भएको छ । रुकुमपुर्बमा रहेको मारिङ् बहुउद्धेश्यीय सहकारीको आयोजना तथा एगा पोखराको सहकार्यमा भएको अन्र्तकृयामा नेपाली कच्चा पदार्थ उत्पादन र सोही अनुसारको उद्योगको दिगोपनाका बारेमा अन्र्तकृया […]
सांसद राईको व्यङ्ग्य- जसले दौरा सुरुवाल लगायो, उसैसँग पीएसओ

। सत्तारुढ दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेकोप्रति आपत्ति जनाए । ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा निवेदन गर्नपर्यो […]
३९ स्थानीय तहले १० असारमा ल्याउन सकेनन् बजेट

१० असार भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३९ रहेको छ । जसमा १५ गाउँपालिका र २४ नगरपालिका रहेका छन् । यो सूचीमा काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका समेत रहेको छ । नेपाल नगरपालिका संघका अनुसार देशभर रहेका २९३ नगरपालिकामध्ये २६९ नगरपालिकामा १० असार भित्रै बजेट सार्वजनिक […]
ललितपुरले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट

ललितपुरको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । मंगलबार महानगरपालिकाको सातौँ नगर सभामार्फत आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याइएको हो । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य वाचन गर्नुभएको थियो । महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रशासनिक खर्चतर्फ […]

चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ । चीनले चरम मौसमको गर्मीको सामना गरिरहेको छ । मुलुकमा गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ […]
राज्य व्यवस्था समिति बैठकमा प्रचण्ड उपस्थित

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् । समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक लगायत रहेका छन् । नेपाल प्रहरी विधेयक गृहमन्त्री लेखकले १३ माघ २०८१ […]
पूर्वी अमेरिकामा गर्मीको लहर, न्यूयोर्कमा १०० डिग्री फरेनहाइट पुग्यो तापक्रम

प्रचण्ड गर्मीका कारण पूर्वी अमेरिकामा हाहाकार मच्चिएको छ । गर्मीकै कारण स्थानीय समयअनुसार मङ्गलवार न्यूयोर्क सहरको तापक्रमले तीन अङ्कको कीर्तिमान छोयो । राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्कको केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यान्ह १०० डिग्री फरेनहाइट (लगभग ३८ डिग्री सेल्सियस) तापक्रम पुग्यो । यस्तो भएको यो २०१३ यता पहिलो पटक हो । अमेरिकाका फिलाडेल्फिया, बाल्टिमोर र बोष्टनमा […]
बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ, कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको भाउ एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा थियो। युरोको भाउ पनि बढेर आज एकको खरिददर […]
आज यी स्थानमा हुनेछ भारीदेखि धेरै भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान […]