एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन : सांसद निधि

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाए । उनले नेपाली काँग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताए । एमालेले […]

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा  पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । “अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि  सारिसकेको थिएँ”, उनले भने । डेढ बिघामा […]

सिंगापुरविरूद्ध फाइनल जित्न नेपालले पायो ११४ रनको लक्ष्य

एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधि जित्न नेपालले  ११४ रनको सामान्य लक्ष्य पाएको छ। मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको हो। नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले तीन/तीन विकेट लिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले एक विकेट लिए। नेपालको कसिलो […]

लेबनानमा इजरायली हवाई आक्रमण, १ जनाको मृत्यु

लेबनानको राजधानी बेरुतको दक्षिणमा रहेको खाल्देह राजमार्गमा इजरायली ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै अन्य तीन जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । बेरुतको विमानस्थलबाट केही किलोमिटर टाढा भएको हवाई आक्रमणले राजमार्गमा भारी ट्राफिक जाम भएको थियो । आक्रमणबाट  पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुर्‍याएको जनाइएको छ । यसैबिच […]

“मेरी बास्सै” कि कलाकार ‘अप्सरा आमा’को निधन

कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ लाेकप्रिय बनेकी कलाकार श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही महिनादेखि घरमै थला परेकी उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन्। ‘मेरी बास्सै’मा उनले ‘खड्काजी’ (सीताराम कट्टेल) की छुच्ची श्रीमतीको रूपमा अभिनय गरेकी थिइन्, […]

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता

मुसलधारे वर्षाका कारण संयुक्त राज्य अमेरिकाको  दक्षिण-मध्य टेक्सासस्थति ग्वाडालुप नदीमा ठुलो बाढी आएको छ। यसबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ग्रीष्म शिविरबाट २० भन्दा बढी बालिकाहरू बेपत्ता भएका छन्, स्थानीय अधिकारीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रिय मौसम सेवाले बिहीबार केर काउन्टीका केही भागहरूका लागि बाढीको आपत्कालीन अवस्था घोषणा गरेको छ। यो केर काउन्टी दक्षिण-मध्य […]

वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन रोक

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो । कार्यालयद्वारा शुक्रबार जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले […]

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ सटही दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा थियो। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ […]

यी चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले शनिबार बिहान कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरिहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी […]

प्रधान सेनापतिद्वारा उपरथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथी दर्जामा पदोन्नति भएका रविन्द्र खत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । शुक्रबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । आषाढ १३ गतेको निर्णयाअनुसार पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।