दोलखामा हिमपहिरो : एक विदेशीसहित तीनको मृत्यु, चार बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका– ९ स्थित रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा तीनजनाको मृत्यु भएको छ । उक्त हिमाल आरोहणका लागि गएका एक विदेशी नागरिकसहित तीनजनाको मृत्यु भएको हो । सोमबार बिहानको हिमपहिरोमा अन्य चार बेपत्ता र चार घाइते रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । ‘हिमपहिरोमा घाइते भएकाहरूले बताएअनुसार […]
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक […]
रवि लामिछाने निस्किएको विषयमा नख्खु जेलका जेलर जोशीसँग जाँचबुझ आयोगले लियो बयान

जेनजी विद्रोहका क्रममा भदौ २४ गते नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछानेसहित कैदीबन्दी बाहिर निस्किएको विषयमा न्यायीक जाँचबुझ आयोगले जेलर सत्यराज जोशीसँग बयान लिएको छ। सिंहदरबास्थित जाँचबुझ आयोगको कार्यालयमा बोलाएर जोशीसँग बयान लिइएको हो। नख्खु कारागारबाट कसरी कैदीबन्दी भागे वा भगाइए भन्नेबारे जाँचबुझ आयोगले तत्कालीन कारागार प्रमुखसँग बयान लिएको स्रोतले जनायो। कारागारका अन्य अधिकारी र […]
वडा नं. २७ मा विपद् जोखिम न्यूनीकरण केन्द्र र जलन अस्पताल निर्माण हुने

पोखरा, पोखरा महानगरपालिका–२७ मा आपतकालीन सेवा र स्वास्थ्य पूर्वाधार सुदृढीकरणका उद्देश्यका साथ दुई ठूला परियोजनाहरू अघि बढाइएका छन्। करिब ४ रोपनी क्षेत्रफलमा नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ भने सोही परिसरसँगै करिब ५ रोपनी जग्गामा एशियाली विकास बैंक (ADB) को सहयोगमा विपद् जोखिम न्यूनीकरण केन्द्र (Disaster Risk Reduction Center) निर्माणका लागि ठेक्का प्रक्रिया […]
आज यी प्रदेशमा हल्का वर्षाकाे सम्भावना

देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना […]
डेडिकेटेड विवादमा प्रधानमन्त्रीः चलाएको भए तिर्नुपर्छ, नचलाएको भए पर्दैन, कसैलाई अन्याय हुँदैन

प्रधानमन्त्री सुशीला कार्कीले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा कसैलाई पनि अन्याय नहुने गरी समाधान खोज्ने बताएकी छन् । प्रदेशमुख्यमन्त्रीहरूसँगको छलफलमा आइतवार प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । प्रधानमन्त्रीसँगको बैठकमा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरूले संवादबाट डेडिकेटेड तथा ट्रंक लाइन विवादको समाधान खोज्नुपर्नेमा संघीय सरकारले उद्योगको लाइन काटेर विवाद बढाएको गुनासो गरेका थिए । ठूला २५ वटा उद्योगको […]
सुन किन्न बोलाएर जंगलमा हत्या

झापाको शिवसताक्षी नगरपालिका– १० का ३३ वर्षीय सरोज शर्माको हत्यामा छिमेकी युवाको संलग्नता रहेको पाइएको छ । उनको हत्या चिनजानकै छिमेकीले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार हत्यामा संलग्नलाई सार्वजनिक गर्दै एक महिनादेखि हत्याको योजना बनाएको जनाएको छ । शर्माको हत्यामा शिवसताक्षी– १० का २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई प्रहरीले […]
निगममा पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारी हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन्। पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबार बोलाएर यस्तो निर्देशन दिएकी हुन्। ‘जेन-जीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको […]
गोरखाको तातोपानीबाट ३५ पर्यटकको उद्धार

गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी क्षेत्रमा पहिरोका कारण अलपत्र परेका ३५ पर्यटकको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए। सोबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी […]
बालुवाटारमा प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको छलफल जारी

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई छलफलका लागि बोलाएकी थिइन् । प्रधानमन्त्रीको सचिवालयले केहीबेरबाट छलफल सुरु भएको जनाएको छ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको सचिवालयले बताएको छ । […]