भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी

पूर्व गभर्नर तथा वरिष्ठ अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक संकट ल्याउने खतरा रहेको बताएका छन्। पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भारतमाथि अत्यधिक निर्भर रहेको बताउँदै यदि भारत–पाकिस्तानबिचको द्वन्द्व लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिए। ‘हामी परनिर्भर मात्र होइन, भारत निर्भर […]

बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले वताएका छन् । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई बचाउन नसकिएको डा. बुढाले बताएका छन् । उता स्वामीकार्तिक […]

बागलुङमा सात करोड ६६ लाखमा मोटरेवल पुल निर्माण

जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ । विसं २०७७ कात्तिक २७ गते सडक […]

पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ। पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो। पाकिस्तानको यो […]

पोखरा महागरपालिका वडा नं. ५ लाई पुर्ण खोप वडा घोषण

पोखरा २६, वैशाख । पोखरा महागरपालिका वडा नं. ५ लाई पुर्ण खोप वडा घोषण गरिएको छ । शहरी स्वास्थ्य केन्द्र, ५ मालेपाटनले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना पुर्ण खोप वडा घोषण गरिएको हो । महानगरपालिकाको खोप समितिले स्विकृत प्रदान गरेपछि पूर्णखोप वडा घोषणा गरिएको हो । कार्यक्रका अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र, ५ मालेपाटनका व्यवस्थापन […]

पोखरा महानगरको पहलमा सिधा हवाई सेवा विस्तारबारे छलफल

पोखरा, २६ वैशाख ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको […]

राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा  छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने भएको छ । २२ गतेबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए । नीति तथा कार्यक्तममाथिको छलफल २२, २३, २४, २५ र २६ गते भइसकेको छ । […]

असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतमा रहेका आठ वर्ष नाघेका पुराना मुद्दा  असार मसान्तभित्र शून्य बनाउने लक्ष्यमा सफलता हासिल भैरहेको बताएका छन् । ७३ औँ कानून दिवसका अवसरमा सर्वोच्च अदालतद्वारा आयोजित चियापान समारोहमा उनले ८ वर्ष पुराना मुद्दा र २०८३ असार मसान्तसम्म ५ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्यमा अधिकतम् सफलता हासिल भैरहेको बताए । सर्वोच्चको […]

महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएको बताएकी छन् । कानुन दिवसको अवसरमा विशेष अदालतले आज आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । ‘कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सेवा दिदैँ आएको छ,’ उनले भनिन्, […]