भीमफेदी कारागारबाट १२३ फरार कैदीबन्दी पक्राउ, ३१७ जना अझै भेटिएनन्

मकवानपुरको भीमफेदीस्थित कारागारबाट फरार रहेका ४४० जना कैदीबन्दी मध्ये १२३ जनालाई पक्राउ गरिएको छ । कारागारमा रहेका कुल १ हजार ६६ जना कैदीबन्दी मध्ये भदौ २५ गते बिहान ४४० जना भाग्न सफल भएका थिए । फरार भएकामध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिए । अझै पनि ३१७ जना कैदीबन्दी […]
घर जलेपछि पूर्वमन्त्री श्रेष्ठ भन्छन्– ‘भ्रष्ट्राचारी प्रमाणित भए म आफै जल्न तयार छु’

पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठले जेनजीको आन्दोलनमा घर जलाउनेहरूले भ्रष्ट्राचारी प्रमाणित गर्न सके आफै जल्न तयार भएको बताएका छन् । जेनजीका आन्दोलनकारीले मंगलवार श्रेष्ठको सिमरा स्थित निवास, आधा दर्जन सवारी साधन र व्यवसायमा तोडफोड र आगजनी गरेर ध्वस्त पारेका छन् । श्रेष्ठले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्ने षडयन्त्रकारी दलालहरूलाई नछोड्ने बताएका […]
आजको यी प्रदेशमा पर्नेछ भारी वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज […]
प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ रहेको जनाएको छ । उक्त पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी वर्तमान संसद् विघटन गर्ने निर्णय मुलुको संवैधानिक व्यवस्थाविपरीत रहेको उल्लेख गरेका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारीको आकस्मिक बैठकले ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको सवैधानिक […]
सिआइबीले भन्यो : ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्नू

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ। सिआइबीले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक वित्तीय संस्थालगायतका संरचनाहरूमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरूमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य […]
नेपाल बारले भन्यो- संसद विघटन असंवैधानिक छ, तत्काल पुनर्स्थापना गर्नुपर्छ

नेपाल बार एसोशिएसनले संसद विघटन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमलाई असंवैधानिक भनेको छ। शुक्रबार राति अन्तरिम सरकार गठनपश्चात प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेपछि विज्ञप्ती जारी गर्दै बारले उक्त निर्णयको भर्त्सना गरेको हो। बारले राष्ट्रपतिको उक्त निर्णयलाई स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानूनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष […]
प्रधानमन्त्री कार्कीलाई राष्ट्रसंघको बधाई

संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले नेपालको अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा नेपाली जनताप्रति बधाई दिएको छ । संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर हम्दीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतितर्फ महत्वपूर्ण कदम चाल्ने विश्वास व्यक्त गरेकी छिन्। विज्ञप्तिमा भनिएको छ,‘यस निर्णायक घडीमा संयुक्त राष्ट्रसंघले नेपाली जनतासँगै उभिएर शान्ति, […]
अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतको स्वागत, के भन्यो?

नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारत सरकारले बधाई दिएको छ। भारतीय विदेश मन्त्रालयले औपचारिक रुपमा प्रेस नोट प्रकाशित गर्दै बधाई दिएको हो। उसले भनेको छ,‘हामी नेपालमा सम्माननीय श्रीमती सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं। हामी आशावादी छौं कि यसले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्नेछ।’ प्रतिनिधि सभा विघटनसहित नयाँ चुनावी […]
संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको छ। आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनले आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको शपथग्रहण गराइने बताए। राष्ट्रपति रामचन्द्र […]
धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ । मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन । […]