शिक्षकका माग सम्बोधन गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धता आवश्यक : ठाकुर गैरे

नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताए । उनले सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको […]
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने गोरखा, गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् । जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत […]
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो

“पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित पुरानो वडा कार्यालयमा आर्युवेद र वैकल्पिक चिकित्सा शाखा सञ्चालनमा ल्याइयो। यहाँ दैनिक योग कक्षाहरू हुनेछन्, साथै मङ्गलवार निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ।संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० […]
“आधुनिक जीवनशैलीमा योग अपरिहार्य : मेयर आचार्य”

पोखरा महानगरपालिकाले आर्युवेद तथा वैकल्पिक चिकित्सा शाखा सञ्चालनमा ल्याएको छ । नियमित योग, प्राणायाम र ध्यानका कक्षाहरू सञ्चालन गर्ने गरी यो शाखा स्थापना गरेको हो । शाखाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको छ । सो अवसरमा नगर प्रमुख आचार्यले मानिसहरूको व्यस्त जीवनशैलीका बाबजुद स्वास्थ्य र मानसिक रूपमा समेत तन्दुरुष्तिका लागि आवश्यक योग र […]
निस्कर्षमा पुगेन वार्ता, शिक्षक आन्दोलन निरन्तर

पोखरा ।सरकार र नेपाल शिक्षक महासंघको बीचमा सोमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक भएको दुबै पक्षले जनाएका छन् । सरकारको तर्फबाट केही तयारी गर्नुपर्ने भएकाले फेरी बैठक बसेर आगाडि बढ्ने सहमति भएको सरकार र आन्दोलनरत शिक्षक दुबैपक्षले बताएका छन् । यता शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले […]
राष्ट्रपतिले १९ वैशाखमा संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकलाई १९ वैशाखमा सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी दिएका हुन् । राष्ट्रपति पौडेलले दिउँसो तीन बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री गुरुङले बताए । […]
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आउनुभएको छ । मिल सञ्चालन गरेर उहाँले मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको हो । सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु २० लाख ऋण लिएर मिल सञ्चालन गगरेको बताउनुभयो । मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी […]
डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र […]
‘नेपथ्य’को अमेरिका टूर घोषणा, ७ सहरमा प्रस्तुति दिने

लोकप्रिय ब्याण्ड ‘नेपथ्य’को अमेरिका टूर घोषणा भएको छ । ७ अस्ट्रेलियाली सहरमा गत महिना प्रस्तुति दिएको ब्याण्डले लगत्तै काठमाडौंको गोकर्णेश्वरमा समेत कन्सर्ट गरेको थियो । आगामी साता ब्याण्ड १४ सदस्यीय टोलीसहित अमेरिका जान लागेको हो । त्यहाँ हुन लागेको नेपथ्यको यो सातौं टूर हो । सन् २०२४ मा पनि ब्याण्डले पूर्वीदेखि पश्चिमी अमेरिकी किनारासम्मका सात […]
संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गरे ।

राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै उनले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताए । उनले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरे । सुवेदीले राजसंस्था, […]