एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट (रातोकिताब) सच्याएर ‘सन्तुलन मिलाउनु पर्ने’ दबाब दिइरहेका सत्ता पक्षका सांसदलाई नै अप्ठ्यारोमा पार्ने सरकारले तयारी गरेको छ । संसदीय व्यवस्थामा पेस गरिसकेको बजेट संशोधन हुँदैन । सरकार पक्ष बहुमतमा हुने भएकोले उसले ल्याएको बजेट संशोधन भए वा अस्वीकृत भए विश्वास गुमाएको मानिन्छ । त्यसपछि […]
पूर्वराष्ट्रपति विद्या भण्डारीवरिपरि दुई वाम दल
‘ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ। यसलाई ढिला गरे गल्ती हुन्छ,’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा दिएको अभिव्यक्तिको एक अंश हो यो। मदन भण्डारी फाउन्डेसनले आइतबार नेपालको कम्युनिस्ट […]
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
बागमती सरकारको बजेटमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका इन्दबहादुर बानियाँ प्रदेश सरकारका मुख्यमन्त्री छन् । उनको नेतृत्वमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएका छन् । उक्त बजेटमा कांग्रेसकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । […]
भेनेजुएलालाई चीनको सहायता
शक्तिशाली भूकम्पबाट ठुलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। दुई वटा शक्तिशाली भूकम्पका कारण एक हजार ४५० भन्दा बढी मानिसको ज्यान गएपछि बेइजिङले राहत र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ […]
हर्क साम्पाङको प्रश्न : प्रचण्ड–ओली मिल्दा सामान्य, हामी मिले अचम्म ?
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कति अचम्मका रूपमा लिने हुन् भन्ने जिज्ञासा व्यक्त गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्भावित सहकार्यको राजनीतिक सन्देशलाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। लामो समयको राजनीतिक दूरी र तिक्ततापछि ओली […]
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
महिला यात्रुलाई फोन र म्यासेज गरेर हैरानी पार्ने दुई जना राइड सेयरिङ चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनड्राइभ चालक सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएर ललितपुर बस्दै आएका २९ वर्षीय आशिष भण्डारी र याङ्गो चालक कैलालीको गोदावरी नगरपालिका–३ घर भएर अनामनगर बस्ने २४ वर्षीय नरेश बिक छन्। आइतबार उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ […]
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताएकी छिन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा स्वास्थ्यमन्त्री मेहताले प्रस्तुत गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले […]
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षाका लागि नयाँ नीति सुरु गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले गन्तव्य मुलुकमा पुगेपछि भोग्नुपर्ने सास्ती, श्रम शोषण र रोजगारदाताको मनपरीलाई रोक्न सरकारले म्यानपावर व्यवसायीकै पहिलो जिम्मेवार बनाउने भएको हो । वैदेशिक रोजगारी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षा र व्यवस्थित बनाउन […]
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस

लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना निवर्तमान अध्यक्ष आङ बाबु राईविरुद्ध कारबाहीका लागि काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा सिफारिस गरेको छ । सहकारीमा प्राप्त पीडितको उजुरीको आधारमा सहकारीको सञ्चालक समिति बैठक बसेर कारबाहीको सिफारिसका लागि निर्णय गरेको वर्तमान अध्यक्ष इन्द्रकुमार राईले जानकारी दिए । निवर्तमान अध्यक्ष राईले महिला बचतकर्ताहरूको रकम ठगी गर्नुका […]
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ । केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । “गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि […]