हात्तीको आक्रमणबाट एकजना घाइते

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन्। बेलडाँडी गाउँपालिका–१ झरना सागर सामुदायिक वन नजिकै सोही ठाउँका ४७ वर्षीय डम्बर विष्ट हात्तीको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए। ‘चान्देउबाट साइकलमा बेलडाँडी आउँदै गरेका विष्टलाई जङ्गली हात्तीले आक्रमण गरेको हो,’ उनले भने। मध्यवर्ती क्षेत्र नजिकै हात्तीले […]
भारत र पाकिस्तानबीच क्रिकेट: उक्साहटमा नलाग्न वासिमकाे सुझाव

पाकिस्तानी क्रिकेटर वासिम अक्रमले एसिया कपमा भारत र पाकिस्तानले बाहिरी कुरामा ध्यान नदिइ खेलको आनन्द लिएर प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। टी ट्वान्टी फरम्याटको एसिया कपमा आइतबार भारत र पाकिस्तानबीच हुने प्रतिस्पर्धा बहुप्रतीक्षित खेलका रूपमा लिइएको छ। उक्त खेलमा दुवै राष्ट्रले बाहिर कुरा ध्यान दिन नहुने तीव्र गतिका पूर्वबलर अक्रमले धारणा राखेका हुन्। दुबईमा हुने समूह […]
जेनजी आन्दोलनपछि बनेको सरकार के गर्दै छ ?

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको आज तेस्रो दिन हो । शुक्रबार बेलुका सपथ लिएपछि शनिबार दिनभर आन्दोलनका घाइते, सहिद परिवार भेट्दै भग्नावशेष संरचना हेरेकी प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्दै छिन् । यसका अलावा मन्त्री नियुक्तिको तयारी चलिरहेको छ । अन्य के गरिरहेको छ त सरकारले ? यो प्रश्नको जवाफमा सरकार निर्माणमा सहजकर्ताको […]
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने काममा सघाउन राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् । राष्ट्रपति पौडेलले वक्तव्यमा […]
युएईमा कामदारको समस्या : राहदानी नवीकरण नहुँदा नेपाल फर्किन सकेनन्

पोखरा, कास्की — पोखरा ३३ का सञ्जय आचार्य हाल युएईको आबुधाबी, अल रूईसमा सुरक्षा गार्डको रूपमा कार्यरत छन्। उनी २०२४ अप्रिल २१ देखि युएईमा काम गरिरहेका छन्। सञ्जयका अनुसार, उनको राहदानीको म्याद दुई महिना अघि सकिएको थियो, तर कम्पनीले राहदानी नवीकरण गर्न अनुमति नदिँदा उनी नेपाल फर्किन असमर्थ बनेका छन्। यसबारे उनले युएईको लेबर कोर्टमा […]
प्रतिनिधिसभा विघटन फिर्ता लिन कांग्रेस एमालेसहित ८ दलको माग

कांग्रेस एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिइ संसद बैठक बाेलाउन माग गरेका छन् । रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।
रविले भने- ‘अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार फर्कँदैछु’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आफूमाथि अन्याय नहुने आशासहित पुनः कारागार जान लागेको बताएका छन्। शनिबार आफ्नो जन्मदिनकै दिन एक भिडियो सन्देश जारी गर्दै उनले नवनियुक्त प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै आफूमाथि लागेका मुद्दाहरूको न्यायिक निरुपणको सामना गर्न तयार रहेको बताए। साथै, उनले देशको विषम परिस्थितिलाई सम्बोधन गर्न अन्तरिम सरकारसमक्ष पाँच-बुँदे माग […]
कञ्चनपुरमा कर्फ्यु हट्यो, आइतबार बिहान ५ बजेसम्म निषेधाज्ञा

मंगलबार कञ्चनपुरमा जेनजी आन्दोलन उग्र हिन्सात्मक नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा र कर्फ्यु जारी गरेको आदेश क्रमिक रुपमा हट्दै गएको छ । २४ भदौँ बिहान ११बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको थियो । सोही दिन राती १० बजेदेखि कफ्यु सहित नेपाली सेनाले देशभरको सुरक्षा जिम्मा लिएको थियो । पुर्व प्रधानन्यायाधिश शुशिला […]
काठमाडौं महानगरभित्रका बिद्यालयहरुमा भोलि शिक्षकहरू हाजिर हुने, पर्सिबाट पठनपाठन

काठमाडौं महानगरपालिकाले पर्सि (सोमबार) बाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । गत २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरू सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ । विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका […]
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको पनि बताएका छन् । देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नुपर्नेमा उनको जोड छ । घिसिङले थप भनेका छन्– ‘जेन्जी […]