आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी […]
अमेरिकी डलरको मूल्य स्थिर, कति छ अरू मुद्राको विनिमयदर?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ आज स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
अमेरिकाको टेक्सासमा बाढीको कहर : २४ को मृत्यु, आपतकाल घोषणा

अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ । बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद् भएको छ टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको भारी […]
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिवार बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा […]
खानेपानी मन्त्री यादव स्वदेश फिर्ता

खानेपानी मन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रममा सहभागी हुन मन्त्री यादव असार १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा भाग लिनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव इन्जिनियर […]
एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन : सांसद निधि

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाए । उनले नेपाली काँग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताए । एमालेले […]
झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । “अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ”, उनले भने । डेढ बिघामा […]
सिंगापुरविरूद्ध फाइनल जित्न नेपालले पायो ११४ रनको लक्ष्य

एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधि जित्न नेपालले ११४ रनको सामान्य लक्ष्य पाएको छ। मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको हो। नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले तीन/तीन विकेट लिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले एक विकेट लिए। नेपालको कसिलो […]
लेबनानमा इजरायली हवाई आक्रमण, १ जनाको मृत्यु

लेबनानको राजधानी बेरुतको दक्षिणमा रहेको खाल्देह राजमार्गमा इजरायली ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै अन्य तीन जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । बेरुतको विमानस्थलबाट केही किलोमिटर टाढा भएको हवाई आक्रमणले राजमार्गमा भारी ट्राफिक जाम भएको थियो । आक्रमणबाट पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुर्याएको जनाइएको छ । यसैबिच […]
“मेरी बास्सै” कि कलाकार ‘अप्सरा आमा’को निधन

कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ लाेकप्रिय बनेकी कलाकार श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही महिनादेखि घरमै थला परेकी उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन्। ‘मेरी बास्सै’मा उनले ‘खड्काजी’ (सीताराम कट्टेल) की छुच्ची श्रीमतीको रूपमा अभिनय गरेकी थिइन्, […]