काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौँ उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकायका अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा छलफल कार्यक्रम गरेको छ। प्रतिनिधिसभा सदस्य आशिष गजुरेलको प्रमुख आतिथ्यमा भएको छलफलमा ट्राफिक व्यवस्थापनका चुनौतीबारे गहन छलफल भएको थियो। त्यस अवसरमा सांसद गजुरेलले सीमित स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी बहन गरिरहेको उल्लेख […]

विराटनगरको डिग्री क्याम्पसमा पहिलोपटक ३ वर्षे एलएलबी सञ्चालन हुँदै

 कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक कानुन विषयको स्नातक तह (३ वर्षे एलएलबी) को अध्यापन सुरु हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको डिग्री क्याम्पस, विराटनगरले आगामी शैक्षिक सत्रदेखि यो कोर्स सञ्चालन गर्न लागेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष प्रितम साहले आफूहरुको निरन्तरको प्रयास र प्रभावकारी पहलपछि क्याम्पसले त्रिविबाट कानुन सङ्काय सञ्चालनको ऐतिहासिक […]

ईयूमा फिङ्गरप्रिन्ट र फोटोसहितको नयाँ यात्रा नियम लागू

युरोपेली सङ्घ (ईयू)को नयाँ डिजिटल सीमा प्रणाली इन्ट्री/एक्जिट सिष्टम (ईईएस) शुक्रबारदेखि पूर्ण रूपमा लागू गर्ने लक्ष्य राखिएको छ । यस प्रणालीअन्तर्गत यात्रुहरूले पासपोर्ट स्क्यानसँगै आफ्नो फिङ्गरप्रिन्ट र फोटो पनि दर्ता गर्नुपर्ने हुन्छ । यो प्रणाली ईयूका २९ देशहरू समेटिएको शेन्जेन सीमाका सबै सीमा नाकाहरूमा लागू गर्ने योजना छ । ईईएस प्रणाली अक्टोबर १२ देखि क्रमिक रूपमा लागू […]

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ । उपसभामुख बन्न बिहीबार दुई जनाले उम्मेदवारी दिएका थिए । श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दिएका हुन्। श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको छ भने राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । ठाकुरको प्रस्तावकमा […]

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताएका हुन् । पछिल्लो पोस्टमा, ट्रम्पले जलक्षेत्रमा ट्याङ्करहरू रोकिएको उल्लेख गर्दै […]

इरानी सर्वोच्च नेताका सल्लाहकारको निधन

तेहरान – इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीका वरिष्ठ सल्लाहकार कमल खाराजीको निधन भएको छ । यसै महिनाको सुरुमा भएको आक्रमणमा घाइते भएका उनको निधन भएको हो । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी–जायोनिस्ट शत्रुले उनको घरलाई लक्षित गर्दै गरेको आक्रमणमा घाइते भएका खाराजीको बिहीबार मृत्यु भएको हो । उक्त आक्रमणलाई इरानले अमेरिका र इजरायलसँग जोड्दै […]

देशभरका नगरपालिकामध्ये पोखरा महानगरपालिका सर्वोत्कृष्ट: ९५ प्रतिशत अङ्कका साथ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ प्राप्त

पोखरा महानगरपालिकाले देशभरका नगरपालिकाहरूमध्ये कार्यसम्पादनमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ। नेपाल नगरपालिका सङ्घको ३३ औँ वार्षिकोत्सवको विशेष समारोहमा पोखरालाई यस वर्षको ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित गरिएको हो। सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापन जस्ता महत्त्वपूर्ण सूचकहरूमा ९५ प्रतिशत अङ्क प्राप्त गर्दै पोखराले यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो। राजधानीमा आयोजित  कार्यक्रमका बीच प्रतिनिधि […]

कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूत म्युलीबीच शिष्टाचार भेटघाट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन्। आज सिंहदरबास्थित गाैतमकाे कार्यकक्षमै पुगेर राजदूत म्युलीले नवनियुक्त उनलाई बधाई तथा शुभकामना व्यक्त गरे । भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको […]

एमालेमा ओलीको पद जोगाउन बादलले रोक्न खोजिरहेका छन् विशेष महाधिवेशन आह्वान अभियान

काठमाडौं– नेकपा एमालेभित्र चलिरहेको विशेष महाधिवेशन आह्वानको हस्ताक्षर अभियानलाई रोक्नका लागि कार्यबाहक अध्यक्ष रहेका उपाध्यक्ष रामबहादुर थापा बादल कस्सिएका छन्। ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको पद जोगाउनका लागि बादल सक्रिय रहेका हुन्। उनी आक्रामक रुपमा यो अभियानलाई शिथिल बनाउने रणनीतिमा लागेको बताइन्छ। बादलले पार्टीभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका ३ जना नेताहरूलाई […]

इरान र अमेरिकाबीच युद्धविराम हुनासाथ किम जोङले प्रहार गरे मिसाइल, दक्षिण कोरियामा खैलाबैला

सियोल- एकातिर इरान-अमेरिकाबीच युद्धविरामको खबरले विश्वभरका मानिसहरूले राहत महसुस गर्न थालेका छन् भने, अर्कोतिर उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट मिसाइल प्रहार गरेर छिमेकी देश दक्षिण कोरियामा खैलाबैला मच्चाइदिएको छ। किम जोङ उन नेतृत्वको उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट मिसाइल प्रक्षेपण गरेको हो। दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले समुद्रतर्फ धेरै साना दुरीका ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको […]