माघ ४ पछि एमाले औपचारिक रूपमा चुनावमा होमिने
नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने भएको छ । नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने बताए । माघ ४ गते काठमाडौँमा एमालेले विशेष जनप्रदर्शन गरेर चुनावमा होमिन्छ’, बस्नेतले भने, ‘खुल्ला सभाबाट एमाले […]
ट्रम्पको ‘पागल संसार’: दूधका बोतल, स्लेज कुकुर र इरानमाथि बम प्रहारको धम्की
काठमाडौं– डोनाल्ड ट्रम्पकै शब्दमा भन्नुपर्दा: यो एक “पागल संसार” हो! अमेरिकी राष्ट्रपतिको असाधारण र थकाउने किसिमको विश्वव्यापी प्रभाव बुधबार थप तीव्र देखियो। वासिङ्टनमा तनावको भारी महसुस गरिएको थियो, जुन एटलान्टिक पार गर्दै मध्य पूर्वसम्म फैलियो। सबैजना आकाशबाट आगो बर्सिने पर्खाइमा थिए। के ट्रम्पले इरानका प्रदर्शनकारीहरूमाथिको निर्मम दमनपछि “मद्दत आउँदैछ” भन्ने आफ्नो वाचा पूरा गर्न त्यहाँ […]
प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतै नै हुने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । नेपाली कांग्रेस फुटेसँगै निर्वाचन पछाडि धकेलिने चर्चापछि अर्थमन्त्रीको यस्तो स्ट्याटस आएको बुझिएको छ ।
सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण
बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याए पनि यसको व्यवहारिक प्रयोग अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले औँल्याएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका प्रदेश समितिले बुधबार आयोजना गरेको ‘फोनिज संवाद’ कार्यक्रममा बोल्दै विज्ञ तथा अधिकारीहरूले नीतिगत व्यवस्था भए पनि कार्यान्वयनको पाटो फितलो रहेको बताएका हुन् आदिवासी जनजाति […]
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् । ‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध […]
गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ
काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ । बुधबार भृकुटिमण्डपमा विशेष महाधिवेशनको बन्द सत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो । कारबाहीको निर्णय भएपछि बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्कासन गर्ने […]
कांग्रेसको विवादप्रति मेयर आचार्यको चिन्ता: ‘विभाजन र आधिकारिकताको लडाइँले देशलाई क्षति पुग्छ’

नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक कलह, पार्टी विभाजनको सङ्घार र दुई समूहबीच सुरु भएको आधिकारिकता विवादप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक दलभित्रको यो किचलोले मुलुकको राजनीतिक स्थिरतामै गम्भीर धक्का पुग्ने उहाँको ठहर छ। मेयर आचार्यले वर्तमान राजनीतिक अवस्थालाई ‘अत्यन्तै दुःखद र चिन्ताजनक’ भनी टिप्पणी […]
विश्वप्रकाश शर्माले भने- ‘महामन्त्री मैले बिहानै छोडेको हो, निष्कासनको अर्थ छैन’
काठमाडौँ- नेपाली काँग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले सो पद आफैले त्यागेको बताएका छन् । आज बिहान नै आफूले महामन्त्री पद त्यागेकाले निष्कासनको अर्थ नभएको उनको भनाइ छ । आज विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै शर्माले यस्तो बताएका हुन् । उनले जिन्दगीमै पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिएको उल्लेख गरेका छन् । उनले भने, ‘केन्द्रीय […]
विशेष महाधिवेशन सकेपछि देउवाको आशीर्वाद लिन जान्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सम्पन्न भएपछि पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलबाट सम्बोधन गर्दै उनले पार्टी एकताको सन्देश दिँदै कार्यकर्तालाई कसैलाई पनि गालीगलौज नगर्न आग्रह गरेका छन् । ‘तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनुहोला […]
कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिनसक्ने
नेपाली कांग्रेसले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई पार्टी विधानको धारा १७ र ३४ अनुसार उनीहरूलाई कारबाही गरेको नेता मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार उनीहरुले विशेष महाधिवेशनका नाममा अनुचित कार्य गरेको भन्दै थापा, शर्मा र मन्सुरलाई कारबाही […]