तीन अध्यादेश पेस गर्न गृहमन्त्री गुरुङ आफैँ सदनमा उपस्थित हुने
– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ । आजको बैठकमा तीन अध्यादेश पेस हुँदै छन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ […]
प्रहरी नायव निरीक्षक राउत घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले प्रहरी नायव निरीक्षक दिनेश राउतलाई घुस रकमसहित पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँमा कार्यरत राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालालाई रकम फिर्ता गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप छ। उक्त सूचनाका आधारमा टंगालस्थित अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपाने का अनुसार, काठमाडौँ महानगरपालिका–५ गहनापोखरीबाट राउतलाई २० […]
सांसद गणेश ठगुन्नाले कर्मचारीले दुख दिएको सुनाए, प्रधानमन्त्री बालेनले तह लगाउँछु भनिदिए
काठमाडौं– प्रतिनिधि सभाका सांसद तथा पूर्वमन्त्रीले कर्मचारीले असहयोग गरेको गुनासो सुनाएपछि प्रधानमन्त्री बालेन शाहले सहयोग गरेको खण्डमा तह लगाउने आश्वासन दिएका छन्। सुदूरपश्चिम प्रदेशका सांसदसँगको छलफलका क्रममा एमालेबाट निर्वाचित गणेश ठगुन्नाको यस्तो गुनासोमा प्रधानमन्त्री बालेनले त्यस्तो उत्तर दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा भएको छलफलमा सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित १६ मध्ये १३ जना सांसद सहभागी […]
५/२४ सम्म शक्तिशाली प्रधानमन्त्री–गृहमन्त्री, १२/१४ देखि फौजदारी कसुरका अभियुक्त
काठमाडौं– गत भदौ २२ गते प्रधानमन्त्री र पार्टी अध्यक्षका हैसियतमा रहेका केपी शर्मा ओली गोदावारीस्थित हलमा प्रवचन दिँदै भन्दै थिए,‘विधान महाधिवेशनले नीति पारित गर्छ, अबको एक बर्षपछि हुने महाधिवेशनमा मैं अध्यक्ष हुनेछु।’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रस्ताव पनि उनको आग्रहमा सोही हलले अस्वीकार गरी सम्मानित पदमा पुगेको मानिसलाई ‘सम्मानसाथ राख्ने’ निधो भयो। सोही दिन […]
काठमाडौं महानगरको नयाँ पहल: दश वडामा भूमि सेवा केन्द्र सञ्चालन गर्ने
काठमाडौं– काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार पहिलो चरणमा नमूनाका रुपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने तयारी छ । ‘त्यसका लागि कामपाले चावहिल, डिल्लीबजार र कलंकी मालपोत […]
पहिला महन्थ अनि प्रभु साह पनि रास्वपा सभापति निवासमा किन पुगे?
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न प्रभु साह बुढानिलकण्ठमा पुगेका छन्। मंगलबार लामिछानेसँग भेटेपछि उनले मधेसबारे रास्वपा निक्कै प्राथमिक काम गरिरहेको सुनेर खुसी भएको प्रतिक्रिया दिए। देश र त्यसमा पनि मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित थियो। साहअघि लामिछानेलाई भेट्न राष्ट्रिय सभा […]
मन्त्रालय र मातहतका निकायमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्न ऊर्जामन्त्री श्रेष्ठकाे निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री ले मन्त्रालय र मातहतका निकायहरूमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठले विशेषगरी प्लास्टिकका गिलास, बोतललगायत वातावरणमा असर गर्ने र एक पटक प्रयोग हुने सामग्रीको प्रयोग बन्द गर्न निर्देशन दिनुभएकाे हाे । उहाँले वातावरणमैत्री विकल्प अपनाउन समेत जोड दिनुभयो। उहाँले सरकारी कार्यालयहरूले नै वातावरण संरक्षणमा उदाहरण […]
बीमा सेवा नदिने अस्पताललाई कारबाही गर्ने बोर्डको चेतावनी
काठमाडौँ -विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह […]
नेतान्याहूले मानेनन् इरानविरुद्ध हवाई आक्रमणको समयसीमा तोक्न
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानविरुद्ध जारी हवाई आक्रमण कहिले अन्त्य हुन्छ भन्नेबारे कुनै स्पष्ट समयसीमा दिन अस्वीकार गरेका छन् । अमेरिकी टेलिभिजन न्यूजम्याक्ससँगको अन्तर्वार्तामा उनले आक्रमणको अन्त्यबारे प्रश्न गर्दा ठोस जवाफ दिन चाहेनन् । उनले हालसम्म इजरायलले इरानभित्र लक्षित सूचीको आधाभन्दा बढी हिस्सा पूरा गरिसकेको दाबी गरेका छन् । यद्यपि इजरायलका अन्य सैन्य अधिकारीहरूले भने […]
मानव सेवा र प्रकृति संरक्षणसँग जोडियो मेयर आचार्यको जन्मदिन

पोखरा, १७ चैत । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम पोखरा शाखामा आश्रित बुवा–आमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराउनुभएको छ। मानव सेवा आश्रमको वार्षिकोत्सव (चैत १७) को पावन अवसर र आफ्नो जन्मदिनको संयोग पारेर मेयर आचार्यले आश्रमका सहयोगापेक्षी सदस्यहरूलाई हरेक वर्षझैँ यस वर्ष पनि भोजन गराउने परम्परालाई निरन्तरता दिनुभएको हो। […]