सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएका छन्। मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना असमान पहुँचका कारण बजारमा ठुलो असन्तुलन देखिएको बताए । खनालकाअनुसार सूचनाको हकसम्बन्धी कानुनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेका छन् । तर […]

सोया बरीमा ४५ प्रतिशत प्रोटिन अनिवार्य, रासायानिक तत्त्वमा प्रतिबन्ध

सरकारले व्यापक रूपमा उपभोग हुने सोया बरी (सोया चङ्क्स, सोया बडी, सोया नगेट्स वा सोया ग्रानुल्स) को गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले दिएको अधिकार प्रयोग गर्दै यससम्बन्धी विस्तृत सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो । यस नयाँ व्यवस्थासँगै अबदेखि […]

अध्यागमन ऐनलाई प्रतिस्थापन गरी नयाँ र एकीकृत कानुन निर्माणको प्रक्रिया अन्तिम चरणमा

गृहमन्त्री ओमप्रकाश अर्यालले २०४९ सालको पुरानो अध्यागमन ऐनलाई प्रतिस्थापन गरी नयाँ र एकीकृत कानुन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । राष्ट्रिय सभामा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको प्रतिवेदनमाथिको छलफलमा जवाफ दिँदै मन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले अध्यागमन प्रशासनलाई पूर्णरूपमा डिजिटल र प्रविधिमैत्री बनाउन सरकारले ठोस कदम चालिरहेको बताए । उनले विद्यमान […]

निर्वाचन सुरक्षा र व्यवस्थापन चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताएकी छन्। मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमणपछि प्रधानमन्त्रीले तराईमा सुरक्षा संवेदनशीलता र पहाडमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गरेकी हुन् । नाम्चे र सल्लेरी जस्ता हिमाली तथा पहाडी क्षेत्रमा सुरक्षा निकाय र […]

गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा तनाव : बजार पूर्ण बन्द, प्रदर्शन जारी

रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने प्रयासले शुक्रवार गौर बजार तनावग्रस्त बनेको छ। स्थानीय व्यापारीहरू सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलित भएका हुन्। स्थानीय व्यापारी र व्यवसायीको अवरोधपछि ट्रकमा लोड गरिएका कार्यालयका सामग्रीहरू पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको छ। सरकारले कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेको भनिएपछि व्यापारीहरू आन्दोलित […]

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिच परस्पर सहकार्य आवश्यक रहेको बताएका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को उद्घाटन गर्दै उनले सानै उमेरदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री आचार्यले विद्यालयहरूले आफूले प्रदान गरिरहेको शिक्षाको […]

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताएका छन् । शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र जिल्ला समन्वय समिति महासङ्घ, नेपालका पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा उनले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र […]

मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा बढी मानिस विस्थापित भएको बताइएको छ । अझै पनि ६ जना हराइरहेको अनि कम्तीमा ३७४ जना घाइते भएको मडागास्करको राष्ट्रिय जोखिम र विपद् व्यवस्थापन कार्यालय (बीएनजीआरसी)ले बिहीबार जानकारी दिएको छ । चक्रवातले मंगलबार मडागास्करको पूर्वी तटीय शहरमा पहिरो […]

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसिसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धन गर्नु सकारात्मक भएको बताएका छन् । एनसिसी युथ एक्सचेन्ज प्रोग्रामअन्तर्गतका सहभागीका लागि राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । “यसले विभिन्न देशका युवालाई एकत्रित गरेर […]

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार मिडियामा सूचनाको हक प्रयोग सम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उहाँले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताउनुभएको हो । उहाँले सूचनाको हकसम्बन्धी कानूनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन […]