फिर्केमा कोतारिएर छाडिएका संरचना भत्काउन सुरु

पहिलो चरणमा कोतरेर छाडिएका फिर्केखोलाको संरचना भत्काउन सुरु गरिएको छ। गत जेठ १० गतेदेखि एक हप्तासम्म फिर्केखोला सफाइ अभियानका क्रममा कोतरेर छाडिएका संरचना बिहीबारदेखि महानगरले भत्काउन सुरु गरेको हो। पहिलो चरणमा फिर्केका संरचना भत्काउँदा महानगरले कोतरेर मात्रै छाडेको थियो । त्यति बेला कोतरेर छाडिएका संरचना स्थानीय आफैले भत्काउने बताइएको थियो। तर त्यसपछि महानगरले ५ पटकसम्म […]

जलवायु र विपद् प्रभावबारे संसदीय विशेष समितिको नेतृत्वमा गणेश पराजुली

हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएका विपद्का विषयमा अध्ययन तथा निगरानी गर्न गठित संसदीय विशेष समितिले नयाँ नेतृत्व पाएको छ। समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुख डोलप्रसाद (डीपी) अर्यालले पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराए। शपथसँगै समितिको नेतृत्वमा पराजुलीको औपचारिक जिम्मेवारी सुरु भएको […]

बेनीको शिरमा जमिन चर्किएर पहिरो खस्न थाल्यो, पाँच सय बढी घरहरू जोखिममा

म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो बग्न थालेको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको छ। पछिल्लो तीन दिनयता पहिरोको चिराको आकार बढेको र बुधबार बिहान पनि पहिरो खसेको न्युरोडका बासिन्दा सन्तोष ढुङ्गानाले बताए। ‘असोज ८ देखि ११ […]

२६ ट्रिलियन डलरका टेक कम्पनीसँग ट्रम्पको एआई सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुल २६ ट्रिलियन डलरभन्दा बढी बजार पुँजीकरण भएका ठुला प्रविधि कम्पनीका प्रमुखसँग एआईलाई ‘आत्मनियमन’ गर्ने सम्झौता गरेका छन्। एआईको तीव्र विकाससँगै यसबाट हुन सक्ने जोखिम कम गर्न थप सुरक्षा व्यवस्था आवश्यक रहेको बहस भइरहेका बेला यो सम्झौता भएको हो। ट्रम्पले बुधबार ह्वाइट हाउसमा एआई कम्पनीका प्रमुखसँगको भेटपछि सम्झौताको घोषणा गरेका हुन्। […]

एसियाली खेलकुद: औसत प्रदर्शनले पनि पुगेन आर्चरीमा

नेपाली आर्चरी टोलीको औसत प्रदर्शनसँगै जापानमा जारी २०औं एसियाली खेलकुदमा चुनौती सकिएको छ। नागोयामा मंगलबार तिलक पुनमगर र ज्ञानु अवालेको प्रतिस्पर्धासँगै नेपालको चुनौती समाप्त भएको हो। पानी परिरहेको थियो, तीर चलिरहेका थिए तर नेपाली आर्चरीको निसाना बोर्डमा चुकिरहेका थिए, तयारीकै कमजोरी पनि देखिँदै थियो। पानीमा अभ्यासको अभाव र एसियाली स्तरको बढ्दो दूरीबिच तिलक पुनमगर र […]

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० देखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक […]

बाढीपहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, दर्जनौँ सडकमा रात्रिकालीन यात्रामा रोक

 नेपाल प्रहरीले जारी गरेको शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौँ सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। उपत्यकाअन्तर्गत ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी […]

काठमाडौँ उपत्यकाबाट १४ थान हाते ट्याक्टर चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी तथा खरिद-बिक्रीमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरबाट चोरी भएका १४ थान हाते ट्याक्टर र बा ३१ प २१५९ नम्बरको मोटरसाइकलसहित उनीहरू पक्राउ परेका हुन्। स्वयम्भू क्षेत्रबाट ट्याक्टर चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने […]

भोटेकोशीको विनाशकारी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

रसुवाको भोटेकोशी नदीमा अकस्मात गएको विनाशकारी बाढीको एक महिना भएको छ। गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङसहित जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको अकालमा मृत्यु भएको छ […]

नारायणी र दरमखोलामा सतर्कता तह पार, गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र दरमखोलामा पानीको सतह सतर्कता तह पार गरेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरेको छ। बिहान ६ः५० बजे जारी गरेको सूचनाअनुसार चितवनको देवघाट र बागलुङको वामीटक्सारस्थित जलमापन केन्द्रमा नदीको जलसतह सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास […]