बहुविवाहको अभियोगमा पक्राउ परेका डिएसपीलाई जेल पठाउने आदेश

बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले उनलाई थुनामा पठाउने आदेश दिएको हो। आफुविरुद्ध बहुविवाहको जाहेरी परेपछि उनी चार साताअघि आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको अभियोग उनीमाथि लागेको थियो। असई पुरीलाई पनि थुनामा राखी प्रहरीले मुद्दा […]

कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाखमा गर्ने प्रस्ताव पारित

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र २१ गते काठमाडौंमा हुने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो । नयाँ कार्यतालिका कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रिय कार्यसमितिको […]

जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाललाई बयानका लागि पठायो पत्र

 गत भदौ २३ र २४ गते भएका घटना छानवीनका लागि गठीत जाँचबुझ आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बयानका लागि बोलाएको छ । दुवै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्नहरु पनि पठाइएको आयोग स्रोतले बताएकाे हाे। संयोजक दाहाल भदौ २४ गतेको प्रदर्शन हुँदा सिंहदरबारभित्रै रहेकोमा सेनाले उहाँलाई पनि उद्धार […]

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएकाे सर्वोच्च अदालतको अवलोकन गर्नुभएकाे छ। पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार जेनजी आन्दाेलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गर्नुभएकाे हाे । यसअघि संघीय संसद भवन र सिंहदरबारभित्र रहेका क्षतिग्रस्त मन्त्रालयकाे समेत अनुगमन गर्नुभएकाे थियाे। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सर्वोच्च लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको […]

जापानी संसदमा शौचालय थप्‍न प्रधानमन्त्री ताकाइचीसहितका महिला सांसदको निवेदन

जापानको संसद भवनमा महिलाहरूको संख्या बढ्दै गएपछि महिला सांसदहरूले शौचालयको अभावको समस्या उठाएका छन्। प्रधानमन्त्री सानाए ताकाइचीसहित करिब ६० जना महिला सांसदले संसद भवनमा थप महिला शौचालयको व्यवस्था गर्न माग गर्दै निवेदन दिएका छन्। अक्टोबर २०२४ को चुनावमा तल्लो सदनमा कीर्तिमानी ७३ महिला सांसद निर्वाचित भए पनि संसद भवनमा महिला शौचालयको संख्या सीमित रहेको उनीहरूको […]

आफ्नै जिल्लामा उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्री यादवको निर्देशन

उनले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए ।  यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिए । बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे […]

।नारायणगढ–गैँडाकोट आइकोनिक पुल निर्माणले लियो गति

नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त […]

सफारी चालकमाथि गोली चलाउने एपीएफका हवलदार पक्राउ

सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरी (एपीएफ) का हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले गोली प्रहार गर्ने हवलदार पक्राउ परेको शुक्रबार पुष्टि गरेका छन् । घटनापछि सिर्जित तनाव र अनुसन्धानको प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली […]

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। सोही बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुनका लागि आग्रह गरिएको छ। बैठकमा महाधिवेशन विवादको बारेमा छलफल हुने नेताहरूले बताएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश […]

सन् २०२५ मा हवाई मार्गबाट साढे ११ लाख बढी पर्यटक नेपाल आए

सन् २०२५ मा हवाइ मार्ग हुँदै साढे ११ लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डका अनुसार गत वर्ष ११ लाख ५८ हजार ४५९ पर्यटक हवाइ मार्गबाट नेपाल आएका हुन्। पछिल्लो समय वार्षिक १० लाखभन्दा बढी विदेशी पर्यटक आइरहेका बोर्डको तथ्यांक छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए। […]