विधानको सहाराले मात्रै होइन संवादबाट समाधान खोजौँ : मीन विश्वकर्मा

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीको विवाद समाधानका लागि संवादलाई नै जोड दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देश नै राजनीतिक अस्थिरता र अराजकताको भुमरीमा फसेको बेला कांग्रेस पनि आन्तरिक विवादका कारण संकटमा परेको बताए ।निषेध, नियन्त्रण, अस्विकार वा बहिष्कार होइन, विधीविधानका धाराको सहाराले मात्र पनि होइन, मन मस्तिष्क, भावना, बुद्धी […]

विशेष महाधिवेशनमा देउवा पनि सहभागी हुनुपर्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैं सहभागी हुनुपर्ने बताएका छन् । शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा उनी सहभागी हुनुपर्ने बताएका हुन् । भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा […]

एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन

गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाले कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको प्रस्ट पारेको हो । ‘एनआरएनए अमेरिका को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय […]

स्वास्थ्य करसम्बन्धि सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छः मन्त्री गौतम

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमा नै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिनुभएको छ । विभिन्न देशका अनुभव र स्वदेश भित्रकै विज्ञहरुले दिएको सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले सो बजेट पाउनुपर्ने उहाँको तर्क थियो । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यबक्रममा बोल्दै मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयले […]

कांग्रेस संस्थापनको निष्कर्ष : भूराजनीतिक कारण कांग्रेस विभाजनको संघारमा

नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरूले भूराजनीतिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको भन्दै त्यसलाई रोक्न प्रयास गर्ने निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले भूराजनीतिको कारण पार्टी विभाजन हुनसक्ने चिन्ता व्यक्त गरे। संस्थापन पक्षको छलफलले पार्टीलाई कमजोर बनाउन आन्तरिक र बाहिरी शक्तिहरू सक्रिय रहेको निष्कर्ष निकाल्यो। पार्टी विभाजन रोक्न र एकताका लागि देशभरका नेता […]

राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्पः कृष्ण सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले परस्परमा पार्टीमा प्रतिष्पर्धा गर्ने समय नभएको जिकिर गर्नुभयो । अहिले सबै […]

विशेष महाधिवेशन सफल पारौं, उग्र भएर नतिजा आउँदैन : कांग्रेस नेता राणा

 नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको उनको भनाइ छ । पार्टीका नेता कार्यकर्तालाई […]

नेपालको राजनीतिमा विचारहीनताको सङ्कट

नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई नियाल्दा एउटा गम्भीर सङ्कट प्रस्ट देखिन्छ– हाम्रा राजनीतिक दलहरू विचारधारा र सिद्धान्तको अभावमा रुमल्लिइरहेका छन् । यसले देशको विकास, स्थिरता र समृद्धिको आधार नै कमजोर बनाउँदै लगेको छ । विशेष गरी गत भदौ २३–२४ मा जेनजी युवाहरूको नेतृत्वमा भएको विद्रोहपछि राजनीतिक दलहरूले विचारभन्दा नेताको व्यक्तिगत महत्त्वाकाङ्क्षा र सत्ताको दाउपेचलाई प्राथमिकता दिएका […]

दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । प्रसाईंका कानुन व्यवसायीले निवेदन दिए पछि सुनुवाइ स्थगित भएको हो । दुर्गा प्रसाईं, उमा प्रसाईं, नीराजन प्रसाईं र आर्जु प्रसाईंलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । नेपाल राष्ट्र […]

डाक्टर बन्न चाहन्थिन्, ‘पुक्कु’ बनेर चिनिइन् पुजन

हास्यशृंखला ‘हल्का रमाइलो’की पात्र ‘पुक्कु’लाई जतिले चिन्छन्, पुजन घिमिरेलाई कमले पात्र । पुक्कुले पुजनको वास्तविक नामलाई ओझेल पारिदिएको छ । यसलाई उनको पात्र नाम सफल भएको रूपमा लिनुपर्छ । सानो पर्दामार्फत दर्शकको मनमा बस्दै आएकी पुजन अब ठुलो पर्दामा छाउने तयारीमा छिन् । उनको डेब्यु फिल्म ‘गोबर गणेश’ माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ । सानो […]