वीरगन्जका प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको प्रमुख बजार तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। धनुषामा भएको मस्जिद तोडफोडको घटनाविरुद्ध भएको प्रदर्शन उग्र बनेपछि सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञाअनुसार बसपार्कको पूर्वी क्षेत्र, सिर्सिया पुलको पश्चिम क्षेत्र, पावरहाउस चोकको उत्तर तथा शंकराचार्य गेटको दक्षिण क्षेत्रभित्र कुनै पनि किसिमको भेला, […]
प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबिच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त […]
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय […]
अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीको गलत संस्कारलाई पुनर्जीवित गर्याे : अध्यक्ष खनाल

समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकार स्वयं र राजनीतिक दलहरुले जेन–जी युवा पुस्तालाई विभाजित पार्ने काम गरिरहेको बताउनुभयो । अध्यक्ष खनालले जेनजी विद्रोहले उठाएका […]
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु, साम्प्रदायिक तनाव चर्कियो

मुस्लिम समुदायको प्रदर्शनपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम अर्को आदेश नभएसम्म कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न […]
पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा

जेनजी आन्दोलनको क्रममा नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोधपुछ प्रक्रिया सकिएकाले विदेश भ्रमण रोक्का र उपत्यका नछाड्ने निर्णयको औचित्य समाप्त भएको हो । ओलीले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा साढे दुई घण्टा बयान दिएका थिए भने […]
ईश्वर पोखरेलकाे काठमाडौं-५ बाट एकल नाम सिफारिस

नेकप एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ। पूर्ववरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं-५ नियमित निर्वाचन लड्दै आएको गृह क्षेत्र […]
झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले […]
एमाले नेता महेश र गोकुलकाे आ-आफ्नो निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस

नेकपा एमालेका सचिव महेश बस्नेत र सचिवमा पराजित नेता गोकुल बास्कोटा आ-आफ्नो निर्वाचन क्षेत्रबाट उम्म्मेदवारका लागि एकल सिफारिस भएका छन् । बस्नेत भक्तपुर-२ बाट र बास्कोटा काभ्रे-२ बाट सिफारिस भएका हुन् । दुवै नेता २०७० सालदेखि सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन् । बास्कोटा २०७४ र २०७९ मा सोही क्षेत्रबाट र सचिव बस्नेत २०७४ […]
रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै

टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा साेमबार सुनुवाइ हुने भएकाे छ। २ वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको आममाफीविरुद्धको रिट सुनुवाइका लागि साेमबार पेशी तोकिएको हो । रेशमले माफी पाएको भोलिपल्ट अर्थात २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी […]