नेपालको राजनीतिमा विचारहीनताको सङ्कट

नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई नियाल्दा एउटा गम्भीर सङ्कट प्रस्ट देखिन्छ– हाम्रा राजनीतिक दलहरू विचारधारा र सिद्धान्तको अभावमा रुमल्लिइरहेका छन् । यसले देशको विकास, स्थिरता र समृद्धिको आधार नै कमजोर बनाउँदै लगेको छ । विशेष गरी गत भदौ २३–२४ मा जेनजी युवाहरूको नेतृत्वमा भएको विद्रोहपछि राजनीतिक दलहरूले विचारभन्दा नेताको व्यक्तिगत महत्त्वाकाङ्क्षा र सत्ताको दाउपेचलाई प्राथमिकता दिएका […]

दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । प्रसाईंका कानुन व्यवसायीले निवेदन दिए पछि सुनुवाइ स्थगित भएको हो । दुर्गा प्रसाईं, उमा प्रसाईं, नीराजन प्रसाईं र आर्जु प्रसाईंलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । नेपाल राष्ट्र […]

डाक्टर बन्न चाहन्थिन्, ‘पुक्कु’ बनेर चिनिइन् पुजन

हास्यशृंखला ‘हल्का रमाइलो’की पात्र ‘पुक्कु’लाई जतिले चिन्छन्, पुजन घिमिरेलाई कमले पात्र । पुक्कुले पुजनको वास्तविक नामलाई ओझेल पारिदिएको छ । यसलाई उनको पात्र नाम सफल भएको रूपमा लिनुपर्छ । सानो पर्दामार्फत दर्शकको मनमा बस्दै आएकी पुजन अब ठुलो पर्दामा छाउने तयारीमा छिन् । उनको डेब्यु फिल्म ‘गोबर गणेश’ माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ । सानो […]

निर्वाचनमा कांग्रेस र एमालेबीचकाे सहकार्य पार्टीपंक्ति- जनताले रूचाएका छैनन्ः नेता सापकोटा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचकाे सहकार्य गर्ने विषय पार्टीपंक्ति-आमजनताले रुचाएको नदेखिएको बताउनुभएको छ । नेता सापकोटाले संचारकर्मीसँग कुरा गर्दै राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताउनुभएको हो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रश्ताव […]

ट्यारिफ नीतिका कारण अमेरिकी व्यापार घाटामा ऐतिहासिक गिरावट आएको राष्ट्रपति ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा सन् २००९ पछिकै न्यून विन्दुमा झरेको दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत यसलाई देशको अभूतपूर्व सफलताको संज्ञा दिनुभएको हो। ट्यारिफकै कारण अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षा जोगाउन सम्भव भएको बताउदै उहाँले अमेरिकी सर्वोच्च अदालतले पनि यो ऐतिहासिक उपलब्धिलाई ध्यानमा राख्ने विश्वास […]

कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यको भेला गर्दै

नेपाली कांग्रेसको संस्थापन पक्षले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको छ। कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि शुक्रबार बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाएको हो । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेको समयम संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान गरिएको हो । संस्थापन […]

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा ४ घण्टा लामो छलफल

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ४ घण्टा लामो संवाद भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार कार्की र ओलबीच भेटवार्ता र लामो छलफल भएको बालुवाटार स्रोतले जनाएको हो ।प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीचको भेटवार्तामा आगामी फागुन २१ गतेको निर्वाचन केन्द्रित छलफल भएको छ । भेटमा विशेष त निर्वाचन केन्द्रित […]

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा तीन घण्टा वार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । तीन घण्टा लामो यो वार्ता बिहान ११ बजेदेखि सुरु भएको थियो । बालुवाटार स्रोतका अनुसार मुख्य रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल भएको थियो । वार्ताको क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्ने […]

अमेरिकी हमलामा भेनेजुएलामा सय जनाको मृत्यु

अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा एक सय जनाको मृत्यु भएको खुलेको छ । अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्क्री डियोसदादो क्याबेलोले अमेरिकी आत्रमणबाट सय जनाको मृत्यु भएको बताएका हुन् । शुरुमा ४० जनाको ज्यान गएको भनिएकोमा गृहमन्त्री क्याबेलोले सय जनाको मृत्यु भएको विवरण दिएका हुन् । मारिनेहरु अधिकांश राष्ट्रपति मदुरोको सुरक्षामा खटिएका सैनिक र […]

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्। प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको […]