६ महिनापछि भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक छनोट गरिँदै, सर्टलिस्टमा ७ उम्मेदवार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार छनोट भएका छन्। कार्यकारी निर्देशक पदको छनोट सिफारिस समितिको सचिवालयले मंगलबार(हिजो) अन्तर्वार्ताका लागि सात जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो। सार्वजनिक सूचनाअनुसार डा.अजय कुमार झा, डा. उमेश नेपाल, डा. कृष्ण सागर शर्मा, डा. गुरु शरण साह, डा. प्रदीप थापा, डा. विजय चन्द्र […]

उपसभापतिमा कांग्रेस प्रवक्ता चालिसेको उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको महाधिवेशनमा खुला उपसभापति पदका लागि उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार महाधिवेशनस्थल खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्तासमेत रहेका चालिसेले सभापति गगन थापाको आग्रहपछि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए। चालिसेले आफूले सभापति थापाको आग्रहलाई स्वीकार गर्दै उपसभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएको स्पष्ट पारे। ‘सभापति गगन थापाको आग्रहमा मैले उम्मेदवारी फिर्ता […]

महामन्त्रीका उम्मेदवार पौडेलको प्रतिबद्धता पत्र : बहसदेखि नीतिसम्म, नीतिदेखि परिणामसम्मका एजेन्डा

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसदेखि नीतिसम्म, नीतिदेखि परिणामसम विषयक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । मंगलबार आफ्नो राजनेतिक दृष्टिकोण सार्वजनिक गरेका पौडेलले बुधबार महामन्त्री उम्मेदवारका रुपमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । आफ्नो वेबसाइट मार्फत प्रतिबद्धता पत्र सार्वजनिक गरेका महामन्त्रीले आगामी महामन्त्रीका रुपमा पार्टीमा सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको “समुन्नत नेपाल” निर्माण […]

कांग्रेस महाधिवेशनको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रबाट कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । बन्द सत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफलपछि बन्द सत्रले पारित गरेको हो। प्रतिवेदन पारित भएसँगै कांग्रेसको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन पारित […]

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारको प्रथम नामावली प्रकाशित (सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमिति निर्वाचनका उम्मेदवारको प्रथम नामावली प्रकाशित गरिएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यतालिका अनुसार आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी दिएका व्यक्तिहरूको प्रथम नामावली प्रकाशित गरेको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन असोज १६ देखि २२ गतेसम्म हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ। सोही कार्यतालिका अनुसार निर्वाचित हुने विभिन्न […]

म्युजिकल चियर जस्तो बनेको राजनीतिले भदौ २३ र २४ आयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन् । यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई […]

पूर्णबहादुर खड्काको फेसबुक आधा घण्टा ह्याक भएपछि…

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो फेसबुक अकाउन्ट करिब आधा घण्टाका लागि ह्याक भएको बताएका छन्। आइतबार दिउँसो खड्काले फेसबुकमार्फत तत्काल शुभचिन्तकले जानकारी गराएपछि जाँच गरेर अकाउन्ट ठीक पारिएको बताएका हुन्। ह्याक भएको समयमा आफ्नो फेसबुकबाट कुनै गलत पोस्ट भएको भए त्यसलाई अन्यथा नलिन उनले आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘मेरो फेसबुक […]

कांग्रेस डेमोक्रेसी र डेलिभरीको पुल हो, ढल्यो भने विश्वास ढल्छ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। कांग्रेसले आफूलाई बदल्दै […]

‘जलवायु परिवर्तन होइन, व्यवस्था परिवर्तन’

भोटेकोसी बाढीलगायतका अन्य प्राकृतिक विपद्को मुख्य जड जलवायु परिवर्तनमा मात्रै सीमित नरहेको भन्दै एक कार्यक्रमका सहभागीहरूले पुँजीवादी व्यवस्था नै यसको मुख्य कारक भएको आरोप लगाएका छन्। पुँजीवादी व्यवस्था नाफामा मात्रै केन्द्रित हुने र समाजप्रतिको उत्तरदायित्वको बेवास्ता गर्ने भएकाले यो व्यवस्थाले वातावरणीय संकट समाधान गर्न नसक्ने उनीहरूले ठोकुवा गरे। प्राध्यापक समाज नेपाल केन्द्रीय समितिको आयोजनामा आइतबार […]

‘प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ’

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताएका छन्। पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा संघीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे। ‘कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ, वास्तवमा […]