फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार हात्तिवनस्थित निवासमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उनले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनले सो निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत […]

मधेशका ३ सय बढी जेनजी युवा रास्वपामा प्रवेश

विभिन्न क्षेत्रमा स्थापित ३ सय बढी मधेशी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । पार्टीकाे केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीका उपसभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरेका हुन्। केही समयअघि जेनजी अगुवाहरु पनि पार्टी प्रवेश गरेका छन् । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति […]

जेनजी आन्दोलनले देशलाई नयाँ मार्ग र दिशा दियो : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको दाबी […]

कृषिलाई जीवनशैली बनाउने सपना

टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो […]

दलितमाथि कुटपिट र आगजनी गर्नेलाई कडा कारबाही गर्न दलित आयोगकाे निर्देशन

पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नं. २ सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायका भागरित पासवानको घरमा आगजनी र कुटपिट भएको घटनामा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ।आयोगका अध्यक्ष देवराज विश्वकर्माको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो। टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गर्दै घटनाको विस्तृत […]

देउवाले सञ्चारमन्त्री खरेललाई भने- सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन हुने वातावरण तत्काल बनाउन सरकारलाई सुझाव दिएका छन्। बिहीबार बिहान आफ्नै निवासमा पुगेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै निर्वाचनको विश्वसनीय वातावरण बनाउन आग्रह गरेका हुन्। मन्त्री खरेलले आजै प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम अनुसार पहिलो भेट देउवासँग गरेका हुन्। […]

माओ त्सेतुङको जन्म भएको आजको दिन

आजकै दिन सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तस्थित शाओशान गाउँमा माओ त्सेतुङको जन्म भएको थियो। माओ २०औँ शताब्दीका सबैभन्दा प्रभावशाली राजनीतिक नेतामध्ये एक मानिन्छन्। उनले चिनियाँ कम्युनिस्ट क्रान्तिको नेतृत्व गर्दै १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गराएका थिए। माओ १९३५ देखि १९७६ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष हुनुका साथै सन् १९४९ देखि १९५९ […]

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन-कुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका […]

२० प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २० जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै गैर हाजिरी रहेका २० जना प्रहरीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। उनीहरूलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी […]