नेपाललाई बंगलादेश बन्न दिन हुँदैन: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश बन्न दिन नहुने बताउनुभएको छ। काठमाडाैंमा बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी समेत गर्नुभयो । उहाँले राजनीतिक दल र जेनजीका समूहहरुले दैनिक रुपमा सरकार छोड् भन्दै गाली-गलौज गर्ने गरेको गुनासाे समेत गर्नुभएकाे […]
वीरगञ्ज नाका हुँदै निर्यात बढ्यो

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो । जबकि गत आवको पाँच महिनामा भने २१ अर्ब १८ […]
द रोलिङ स्टोन्सकी बितिशाले जितिन् स्वर्ण र रजत (तस्वीरसहित)

काठमाडौंको भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलकी छात्रा बितिशा तामाङले भारतको पश्चिम बंगालमा आयोजित तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । कक्षा ५ मा अध्ययनरत १० वर्षिया बितिशाले कोलकातामा आयोजित नवौं इन्डिया टीआईए ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा स्वर्ण जित्नुभएको हो । साथै उहाँले त्यस प्रतियोगिताअन्तर्गत पुम्सेमा रजत पदक पनि जित्नुभएको थियो । प्रतियोगिता यही डिसेम्बर […]
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। हिजोबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। हिजोको बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा सहभागी अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याएको प्रवक्ता महतले बताए। बैठकमा […]
बिलाउनीको झाडी फाडेर सुन्तला बगान राससरासस बिहीबार, १० पुस २०८२, ०८ : २१ 16 Shares facebook sharing button

म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताए । “कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो”, उनले भने, […]
‘पहिला सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयो’: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएकाे छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताउनुभएको हो। उहाँले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताउनुभयो। उहाँले यसले राजनीति र […]
विदेशमा बस्नेले नकरात्मकता मात्रै फैलाउने काम गरेकाे अध्यक्ष ढकालकाे आराेप

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भएपनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा बुधबार आयाेजिक एक कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपालमा लगानीको ठूलो सम्भावना रहेको भएता पनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताउनुभयो । नेपाल […]
तत्कालीन गृहमन्त्री लेखकलाई आयाेगमा बयान दिन जान कांग्रेस नेताकाे सुझाव

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयान लागि बोलाइएको विषयमा पनि छलफल भएको छ। सानेपामा बुधबार बसेको साेही समितिको बैठकमा गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोगले बयानका लागि बोलाएको विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे हाे। बैठकमा अधिकांश नेताहरूले लेखकलाई बयान दिन जाँदा राम्रो […]
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जना नेताको नाम हटाउने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ। पार्टी मुख्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्ताे निर्णय गरेको हाे।संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ जना नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले बताउनुभयाे। यसकाे बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने पनि उहाँले बताउनुभएका
डीआईजी जयराज सापकोटालाई ‘नसियत’ को कारबाही

नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले कारबाही गरेको छ । कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटालाई ‘नसियत’ दिने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । मंसिर ११ मा हेडक्वार्टरले उनलाई प्रहरी नियमावली–२०७१ विपरीतको आचरण गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । कोशी प्रदेशमा भएको डीआईजी सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी […]