निगम आधा सिलिन्डर बेच्न भन्छ, भन्सारमा देखिन्छ तीन महिनाकै उच्च आयातमा ग्यास
काठमाडौं– इरान–अमेरिका युद्धका कारण पेट्रोलियमदेखि खाना पकाउने ग्यासमा समेत हुने अभावलाई देखाएर नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर ग्यास बेच्नका लागि भनेको छ। सोहीअनुसार विभिन्न कम्पनीले आधा सिलिन्डर मात्र ग्यास बजारमा लैजान थालेका छन्। तर, दुई कारणले बजारमा यस्तो कृत्रिम समस्या देखाउन खोजिएको पुष्टि हुन्छ। पहिलो भारतबाट आयात हुने ग्यासमा कुनै महँगी र कमी भएको […]
नेपाली भूमि लिपुलेक हुँदै चीनसँगको व्यापार पुनः शुरू गर्ने भारतको तयारी
काठमाडाैं । भारतले आगामी जुन महिनादेखि नेपाली भूमी लिपुलेक भञ्ज्याङमार्फत चीनसँगको व्यापार पुनः शुरु गर्ने तयारी गरेको छ । सन् २०२० मा कोभिड-१९ काे महामारीका कारण बन्द भएको यो ऐतिहासिक व्यापारिक मार्ग ६ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ले जनाएको हाे । व्यापारिक अवधि जुनदेखि सेप्टेम्बरसम्म रहने बताईएको छ । मौसमी अनुकूलता […]
युद्धको छायामा नेपाली श्रमिक
मध्यपूर्वमा चर्किँदै गएको युद्ध केवल क्षेत्रीय शक्ति सन्तुलनको विषय मात्र होइन, यो विश्वव्यापी प्रभाव बोकेको एउटा गम्भीर संकट हो, जसको प्रत्यक्ष असर हजारौँ किलोमिटर टाढा रहेका नेपाली प्रवासीहरूको जीवनमा परिरहेको छ। खाडी मुलुकहरू यूएई, कतार, साउदी अरब, कुवेत, बहराइन र ओमान जहाँ लाखौँ नेपाली युवाहरूले आफ्नो श्रम, पसिना र समय समर्पण गरेका छन्, आज त्यही […]
भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित
हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित भएका भियतनामले शनिबार घोषणा गरेको छ । भियतनामको नेशनल एसेम्ब्ली देशको शीर्ष विधायिका निकाय हो, तर यसले मुख्यतया सत्तारुढ कम्युनिस्ट पार्टीले गरेका निर्णयहरूलाई अनुमोदन गर्दछ । मतदाताहरूले आइतबार आफ्नो मतदान गरे र शनिबार आधिकारिक परिणामले केवल १८ निर्वाचित व्यक्तिहरू गैर–कम्युनिस्ट पार्टीका सदस्य भएको देखिएको छ […]
पश्चिमी न्यून चापीय प्रणाली बेलुकादेखि कमजोर हुने
काठमाडौं : हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ। हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ। महाशाखाका […]
वाग्मती सफाइ: तीन मेट्रिकटन फोहर व्यवस्थापन
काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको हो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–९ का वडा सदस्य नवराज […]
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बाल अधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लंघनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा निर्वाचनअघि बालबालिकासम्बन्धी २८६ घटना दर्ता […]
प्रकाश सपूत पुनः कलाकारितामा फर्किने
काठमाडौँ । कलाकार प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्न नसकेपछि पुनः आफ्नै पेशा कलाकारितामा फर्किने भएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै राजनीतिमा प्रवेश गर्ने निर्णय सचेत रूपमा लिएको भए पनि अहिलेका लागि आफू सिर्जनात्मक क्षेत्रमा नै केन्द्रित हुने बताएका छन्। सपूतले देशका लागि पाँच वर्ष समर्पित गर्ने सोचका साथ राजनीतिमा […]
पाथीभरामा पाँचौँ पटक हिमपात
ताप्लेजुङ ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ । हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । […]
रारा ताल हिउँले ढपक्कै, कृषक भने खुसी (तस्वीरसहित)
वीरबहादुर बम,मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । बिहबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिए जस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार शुक्रबार रातिदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा एक फिटसम्म हिउँ जमेको छ । तालसँगै वरपरको वन सेताम्मे बनेको छ । […]