३९ स्थानीय तहले १० असारमा ल्याउन सकेनन् बजेट

१० असार भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३९ रहेको छ । जसमा १५ गाउँपालिका र २४ नगरपालिका रहेका छन् । यो सूचीमा काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका समेत रहेको छ । नेपाल नगरपालिका संघका अनुसार देशभर रहेका २९३ नगरपालिकामध्ये २६९ नगरपालिकामा १० असार भित्रै बजेट सार्वजनिक […]
ललितपुरले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट

ललितपुरको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । मंगलबार महानगरपालिकाको सातौँ नगर सभामार्फत आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याइएको हो । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य वाचन गर्नुभएको थियो । महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रशासनिक खर्चतर्फ […]

चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ । चीनले चरम मौसमको गर्मीको सामना गरिरहेको छ । मुलुकमा गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ […]
राज्य व्यवस्था समिति बैठकमा प्रचण्ड उपस्थित

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् । समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक लगायत रहेका छन् । नेपाल प्रहरी विधेयक गृहमन्त्री लेखकले १३ माघ २०८१ […]
पूर्वी अमेरिकामा गर्मीको लहर, न्यूयोर्कमा १०० डिग्री फरेनहाइट पुग्यो तापक्रम

प्रचण्ड गर्मीका कारण पूर्वी अमेरिकामा हाहाकार मच्चिएको छ । गर्मीकै कारण स्थानीय समयअनुसार मङ्गलवार न्यूयोर्क सहरको तापक्रमले तीन अङ्कको कीर्तिमान छोयो । राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्कको केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यान्ह १०० डिग्री फरेनहाइट (लगभग ३८ डिग्री सेल्सियस) तापक्रम पुग्यो । यस्तो भएको यो २०१३ यता पहिलो पटक हो । अमेरिकाका फिलाडेल्फिया, बाल्टिमोर र बोष्टनमा […]
बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ, कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको भाउ एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा थियो। युरोको भाउ पनि बढेर आज एकको खरिददर […]
आज यी स्थानमा हुनेछ भारीदेखि धेरै भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान […]
विद्यालयलाई लायन्सको उपहार: सरस्वती आधारभूतमा सुविधा सम्पन्न शौचालय हस्तान्तरण

पोखरा, – विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा सुधार ल्याउने उद्देश्यका साथ लायन्स क्लब अफ पोखरा सिभिकले रूपा-७ स्थित सरस्वती आधारभूत विद्यालयलाई नवनिर्मित सुविधा सम्पन्न शौचालय हस्तान्तरण गरेको छ। नेपाल लायन्स फाउन्डेसन (एनएलएफ), डिस्ट्रिक्ट ३२५ आई, नेपालको आर्थिक सहयोगमा सम्पन्न यो परियोजनाले विद्यालयको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। मंगलबार आयोजित एक विशेष समारोहमा शौचालय भवन विद्यालयलाई […]
इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या

गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मंगलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरणस्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ। यो सहायता खोज्नेहरूलाई लक्षित गरिएको पछिल्लो घातक घटना हो। मंगलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य १५० जना घाइते भएका नागरिक […]
गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल हुँदै

पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो । १२ गतेदेखी हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ । यस्तै विभागीय […]