जेनजी आन्दोलन : ६३३ जना घाइते, ३८७ डिस्चार्ज

जेनजी आन्दोलनमा हालसम्म घाइते हुनेको सख्या ६३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतामा हालसम्म ६३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३८७ जना डिस्चार्ज भएका छन् । घाइते भएकामध्ये ५० जनालाई अन्य अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जानकारी दिएको छ । हाल अस्पतालमा १९६ जना भर्ना भएका छन् । मन्त्रालयका अनुसार […]
विजयनगर गाउँपालिका कार्यालय तोडफोड गर्ने १६ जना नियन्त्रणमा

जेन्जी आन्दोलन स्थगित भएको अवस्थामा केही युवाहरुले आज बुधबार कपिलवस्तुको विजयनगर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्। जनप्रतिनिधिका कुर्सी, नेमप्लेटलगायत सामग्री कार्यालय बाहिर ल्याई तोडफोड तथा आगजनी गर्ने क्रममा स्थानीय १६ जनालाई नियन्त्रणमा लिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए। कार्यालयमा क्षति हुन नदिन प्रहरीले तत्कालै हस्तक्षेप गरी युवाहरुलाई नियन्त्रणमा लिएको र थप अप्रिय […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, आन्तरिक उडान भोलिबाट नियमित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुन: सुरू गर्ने निर्णय गरेको विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानस्थल मंगलबार दिउसोदेखि बन्द गरिएको थियो। यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्। आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन्।
कोही नभए नेतृत्व गर्न तयार छु : सागर ढकाल

सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए । ‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही नभए म आउन सक्छु,’ ढकालले […]
पोखरामा जेनजी प्रदर्शनका क्रममा आगजनी हुँदा २ जनाको मृत्यु

पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै अंशुभारा बिल्डिङ लेकसाइडमा भएको आगजनीमा एक युवतीको जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीले जानकारी दिएका छन् । जेनजी आन्दोलनका […]
विभिन्न ठाउँमा भएका लुटपाटका क्रममा हतियार, गोली र पकेट बम भेटियो

विध्वंश हुनेगरी भएको लुटपाट गर्ने समूहसँग हतियार, गोली र पकेट बम समेत फेला परेको छ। फायरिङ गरेर लुटिएको समेत पत्ता लागेपछि सेनाले केही हतियार पनि नियन्त्रणमा लिएको छ। केही ठाउँमा दोहोरो फायरिङ पनि भएको बताइन्छ। नेपाली सेनाले केही ठाउँमा त्यस्ता हतियारधारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। टुसालमा भएको फायरिङपछि पनि सेनाले हतियार बरामद गरेको […]
एमाले महासचिव पोखरेलले भने- ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौँ’

‘जेन-जी’ युवाहरूलाई सडकमा आउन बाध्य पारेको निवर्तमान सत्ताधारी दल एमालेका महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्। हालको असहज राजनीतिक परिस्थितितर्फ संकेत गर्दै सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जालमा कवि नेत्रलाल अभागीको चर्चित कविता साझा गर्दै कठिन समयमा दृढ रहनुपर्ने बताएका छन्। आँधी र हुरी नचलेको […]
सुरक्षाका लागि सेना परिचालन, विना काम घरबाहिर ननिस्कन आग्रह

काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको […]
प्रिय मेरो नेपाल

म आज परदेशको भूमिबाट तिमीलाई लेखिरहेको छु। बिहान उज्यालो देख्दा यहाँ घाम उदाउँछ, तर मेरो मनमा तिम्रो आकाश कालो छ। आज बिहानै बिउझिदा समाचारको पानामा देखिएको तिम्रो दृश्यले शक्ति चैन हरायो मन भक्कानियो सडकमा युवाको रगत पोखिएको थियो, आमाबुवाको विलापको आवाज थियो, र सपनाहरू च्यातिएको थुप्रोमा फ्यालिएको थियो। मलाई लाग्यो, यो देश त केवल भौतिक […]
सामाजिक सञ्जाल बन्द गर्ने बहस : जनताको आवाज

नेपाल केवल भौगोलिक रूपमा मात्र सानो मुलुक होइन, संसारभरि छरिएका आफ्ना छोराछोरी, दाजुभाइ, दिदीबहिनी र साथीहरूले बनाएको एक विशाल परिवार पनि हो। यो परिवारलाई जोड्ने धागो भनेको आज सामाजिक सञ्जाल हो। १ परिवारलाई जोड्ने जीवनरेखा आज लाखौँ नेपालीहरू विदेशमा छन्। कतिपय खाडीको कठोर घाममा पसिना बगाइरहेका छन्, कतिपय युरोप-अमेरिकाको कठोर नियमबीच संघर्ष गरिरहेका छन्। देशभित्र […]