थाइल्याण्डबाट मलेसिया हुँदै ल्याइएको ११ किलो गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

थाइल्याण्डबाट मलेसिया हुँदै ल्याइएको गाँजासहित भारतीयहरू विमानस्थलमा पक्राउ परेका छन्। प्रहरीले शुक्रबार ११ किलो दुई सय ७० ग्राम गाँजासहित भारतीय नागरिकहरू समिरा मिर्जा, मोहम्मद जुनैद र अफसाना शेखलाई पक्राउ गरेको हो। उनीहरुमध्ये मिर्जा र जुनैदको साथबाट तीन किलो आठ सय ७० गाम र शेखको साथबाट सात किलो चार सय ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरीका […]
काठमाडौंको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा
काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ। आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ। गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ। एक्युआइका अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज […]
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन्। आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन्। नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई […]
एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ। गएराति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो। एमाले निर्वाचन परिचालन कमिटीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा रास्वपाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा […]
कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने
नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिए । त्यो सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने […]
एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
करिब एक वर्षको समय अवधिमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृ भूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले बताएका छन् । चालु वर्षको सुरु देखि अफगानिस्तानमा ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थीहरू फर्केको जनाइएको छ । फर्किनेहरुमा स्वेच्छाले फर्केका र निर्वासितहरू समेत समावेश रहेको अफगानिस्तानका रेडियो […]
रास्वपा कार्यकर्ताले झण्डा जलाएको भन्दै एमाले दाङद्वारा भर्त्सना
नेकपा (एमाले) दाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै आपत्ति जनाएको छ। गएराति तुलसीपुर बजार क्षेत्रमा रास्वपा सम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अशोभनीय नारा लगाउनुका साथै पार्टीको झण्डा जलाएको भन्दै एमाले जिल्ला कमिटीले शुक्रबार एक विज्ञप्तिमार्फत भर्त्सना गरेको हो।।। जिल्ला अध्यक्ष शिवकुमार […]
उषा र पलद्वारा इलामको ‘फ्रेन्ड्स सिनेमाज’ उद्घाटन
पर्यटकीय नगरी इलाममा नयाँ फिल्म हल खुलेको छ । धरान र बुटवलपछि ‘फ्रेन्ड्स सिनेमा’ले इलाममा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको हो । इलाम नगरपालिका–७ स्थित उक्त हल अभिनेता पल शाह, अभिनेत्री उषा उप्रेतीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरे । करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हलमा १८८ सिट क्षमता रहेको छ । […]
म राम्रा बाहेक अरू काम गर्दिनँ : मिश्र
प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आफू इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित हुने बताएका छन्। चुनावी घरदैलो अभियानका क्रममा शुक्रबार काठमाडौँको अनामनगर क्षेत्रमा पुगेका मिश्रले विगतमा धेरै नेताले जनमत पाए पनि देशको अवस्था बदल्न नसकेको भन्दै आफू फरक सोचका साथ मैदानमा उत्रिएको दाबी गरेका हुन्। […]
‘जिरो डिग्री’ मा सनिशा भट्टराई अनुबन्धित, विजय बरालसँग जोडी बाँध्ने
छायांकन तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’ मा शीर्ष अभिनेत्रीमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । यस सँगै फिल्ममा विजय बराल र सनिशाको जोडीलाई देख्न पाइनेछ । हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस फिल्ममा सनिशाको प्रवेशसँगै मुख्य कलाकारको लाइनअप पूरा भएको छ । ‘१२ गाउँ’ बाट फिल्ममा डेब्यू […]