तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले […]
आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका […]
‘बलिदान’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक गरिएको छ। दसैँको फूलपातीको दिन असोज १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकाे दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। त्यसपछि अभिनेता समीर भट्टको दमदार संवादसहित एक्सनका दृश्यहरू ट्रेलरमा देखाइएको छ। ट्रेलरमा अर्पण थापा, सौगात […]
तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न एकीकृत समाजवादीको माग

नेकपा (एकीकृत समाजवादी) ले तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न माग गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गराउन एकीकृत समाजवादीले अरू राजनीतिक दलहरू, नागरिक समाजलाई पनि आह्वान गरेको छ। ‘आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा भएको छ। तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित […]
८३५ किलो गाँजा बरामद

सशस्त्र प्रहरीले धनुषाबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका-३ गोबराही स्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ […]
आगजनी भएका सवारीसाधनहरुको व्यवस्थापन गरिँदै

जेन जी आन्दोलनका क्रममा सिंहदरबारभित्र आगजनी भएका सवारीसाधनहरुको व्यवस्थापन शुरु गरिएको छ । अन्तरिम सरकारले सिंहदरबारभित्र जेन जी आन्दोलनकारीले जलाएका सवारीसाधनहरुको व्यवस्थापन शुरु गरेको हो । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी सम्पतीमाथि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनी भएका सवारीसाधनहरु नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय […]
‘कर्मचारीहरूलाई दशैं बोनस पनि दिन्छु, फेरि उभिन मिहेनत गर्छु’;भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पछिल्लो घटनाक्रमपछि आफ्नो भावुक प्रतिक्रिया दिएका छन्। एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले कर्मचारीहरूको भविष्यका लागि आफू अझ दृढ भएर अघि बढ्ने बताएका छन्। “मसँग आबद्ध भाइ बहिनीहरूको भविष्यका लागि लड्नुपर्नेछ,” गुरुङले भने, “काम गर्न नपाए पनि उहाँहरूको तलब दिन्छु। भदौको तलब मात्र होइन, दसैँ बोनस पनि पठाउँछौँ।” गुरुङले आफ्ना कर्मचारीहरूलाई परिवारको […]
जेनजी आन्दोलनः मेयरको कुर्सीमा बस्ने पक्राउ

सार्वजनिक सम्पति तोडफोड गरी कार्यालय भित्र पसेर मेयरको कुर्सीमा बसेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जेनजीले भदौ २४ गतेको आन्दोलनमा सहभागी यूवाले सांसद संजय गौतमको निजी घर, कांग्रेस, नेकपा (एमाले)को पार्टी कार्यालय र नगरपालिकामा आगजनी तोडफोड गर्दा आंशिक क्षति भएको छ । गुलरिया नगरपालिका–६ का २६ वर्षीय इरफान मनिहारले आगजनी, तोडफोड र […]
पार्टीमाथि प्रश्न उठ्न थालेको भन्दै तोसिमाले गरिन् रास्वपा रूपान्तरणको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीको रूपान्तरण गर्नुपर्ने धारणा राखेकी छिन्। पछिल्लो समय रास्वपाप्रति प्रश्नहरू उठ्न थालेकाले नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रमलगायतका विविध आयामबारे पुनरावलोकन, पुनः मूल्यांकन र पुनर्संरचना गर्नुपर्ने कार्कीको धारणा छ। अहिलेको संवेदनशील परिस्थितिमा नयाँ नेपाल निर्माण गर्न जनताबाट सुशासनको म्यान्डेटसहित अघि बढ्न मुख्य शक्तिको रूपमा पार्टीलाई विकास गर्नुपर्ने उल्लेख गर्दै […]
शितल निवास गएनन् बालेन, ओली र देउवाका अलग छन् कारण

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अनुपस्थित भएका छन्। चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सुरक्षाको कारण देखाउँदै सहभागी भएका छैनन्। यसैगरी सैनिक अस्पतालमा उपचारका क्रममा रहेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा पनि उपस्थित भएका छैनन्। प्रधानमन्त्री सुशीला कार्कीसहित तीनै जना मन्त्री उपस्थित भएका छन्। […]