ट्यारिफ नीतिका कारण अमेरिकी व्यापार घाटामा ऐतिहासिक गिरावट आएको राष्ट्रपति ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा सन् २००९ पछिकै न्यून विन्दुमा झरेको दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत यसलाई देशको अभूतपूर्व सफलताको संज्ञा दिनुभएको हो। ट्यारिफकै कारण अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षा जोगाउन सम्भव भएको बताउदै उहाँले अमेरिकी सर्वोच्च अदालतले पनि यो ऐतिहासिक उपलब्धिलाई ध्यानमा राख्ने विश्वास […]
कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यको भेला गर्दै

नेपाली कांग्रेसको संस्थापन पक्षले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको छ। कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि शुक्रबार बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाएको हो । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेको समयम संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान गरिएको हो । संस्थापन […]
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा ४ घण्टा लामो छलफल

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ४ घण्टा लामो संवाद भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार कार्की र ओलबीच भेटवार्ता र लामो छलफल भएको बालुवाटार स्रोतले जनाएको हो ।प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीचको भेटवार्तामा आगामी फागुन २१ गतेको निर्वाचन केन्द्रित छलफल भएको छ । भेटमा विशेष त निर्वाचन केन्द्रित […]
प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा तीन घण्टा वार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । तीन घण्टा लामो यो वार्ता बिहान ११ बजेदेखि सुरु भएको थियो । बालुवाटार स्रोतका अनुसार मुख्य रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल भएको थियो । वार्ताको क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्ने […]
अमेरिकी हमलामा भेनेजुएलामा सय जनाको मृत्यु

अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा एक सय जनाको मृत्यु भएको खुलेको छ । अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्क्री डियोसदादो क्याबेलोले अमेरिकी आत्रमणबाट सय जनाको मृत्यु भएको बताएका हुन् । शुरुमा ४० जनाको ज्यान गएको भनिएकोमा गृहमन्त्री क्याबेलोले सय जनाको मृत्यु भएको विवरण दिएका हुन् । मारिनेहरु अधिकांश राष्ट्रपति मदुरोको सुरक्षामा खटिएका सैनिक र […]
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्। प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको […]
शङ्कास्पद अवस्थामा महिलाको शव फेला

नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एकजना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । मध्यविन्दु –११ बाहुन्नेकुनास्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि कुसुन्डे सिँचाइको नहरमा बुधवार महिलाको शव फेला परेको हो । शरीरमा चोटपटक देखिएको अवस्थामा मध्यविन्दु –१० निवासी ३५ वर्षीया रिता मुसहरको शव फेला परेको हो । शवको शरीरमा चोटपटक देखिएको हुनाले हत्या भएको आशङ्का जिल्ला […]
चार महिने छोराको हत्या आरोपमा असई पुष्कर कार्की पुर्पक्षका लागि कारागार चलान

चार महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका असई पुष्कर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कार्कीलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको हो । प्रहरीका अनुसार सिनामंगलस्थित आफ्नै डेरा कोठामा चार महिने छोराको घाँटी थिची तथा धारिलो हतियार प्रहार गरी हत्या गरेर […]
हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ । बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताउनुभयो । उहाँले सभापति बन्ने चाहना राख्ने डा. […]
उदयपुर– २ मा एमालेबाट डा.भेषराज थापासहित पाँचजना सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा एमालेबाट पाँचजनाको नाम सिफारिस गरिएको छ। एमाले उदयपुर कमिटीको गाईघाटमा बसेको बैठकले पूर्वाधारविज्ञ डा.भेषराज थापासहित नेता ज्ञानेन्द्र श्रेष्ठ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव देवराज राई, एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य अमर रायमाझी र कोशी प्रदेशका पूर्वउपसचिव शैलेश लामालाई सिफारिस गरेको हो।