यी क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा […]
दलहरू बढी सर्वशक्तिमान भए : महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्ने कुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिले देश चलाउने भएको कारणले देश बस्तो बनाउने भन्ने कुराको निर्धारण जनताले गर्नुपर्ने बताए । नागरिक देशको सर्वशक्तिमान हुनुपर्नेमा नेपालमा राजनीतिक दलहरू नै सर्वशक्तिमान भएको जिकिर उनले गरे । ‘राजनीतिले […]
‘नीतिगत निर्णयमा छानबिन नै गर्न नपाउने भए राजतन्त्रको आलोचना गर्नुको अर्थ के ?’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नीतिगत निर्णयमा अख्तियारले प्रवेश गर्नु जायज भएको बताएका छन् । शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यले बनाएको संविधान बमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले नीतिगत निर्णयमा हस्तक्षेप गर्न सक्ने बताएका हुन्। उनले सङ्घीय, प्रान्तीय र स्थानीय जुनसुकै सरकारले […]
अन्तरिक्ष भ्रमण सकेर ‘अक्सियम मिसन-४’ पृथ्वीमा फर्किँदै, नासाले प्रत्यक्ष प्रसारण गर्ने

अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ । नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन-४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए । यो मिशन सन् २०२५ जुन २५ मा स्पेस […]
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ सर्वसाधारणको ज्यान गएको छ, जसमा तीन बालबालिका पनि रहेका छन् । सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले उक्त गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर शुक्रबार बिहान १ बजे गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको थियो । […]
एकीकृत समाजवादी र राष्ट्रिय अभियानबीचको एकता साउन २ गते हुने

नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबीच पार्टी एकता हुने भएको छ। शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा दुबै पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको थियो। छलफलपछि आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गर्ने सहमति भएको हो। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले […]
गण्डकीसहित यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका […]
नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जना लाभान्वित

नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् । मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद […]
वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

पर्साको वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१० पुरानो बसपार्कस्थित होटल दियालोको स्विमिङ पुलमा डुबेर वीरगञ्ज-११ रानीघाटका ९ वर्षीय बालक बजरंगी रौनियारको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले […]
श्रीमान श्रीमती सवार मोटरसाइकलमाथि पहिरो खसेर श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी श्रीमानको मुत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्। बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकल मंगलबार दिउँसो ४ बजेतिर उक्त स्थानमा पुग्दा माथीबाट आएको पहिरोले पुरेको थियो। सोही क्रममा मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु […]