विदेशी नागरिकलाई तत्काल किभ छोड्न रूसको चेतावनी

रूसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ। साथै, किभका स्थानीय बासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रूसले सल्लाह दिएको हो। रूसी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा रूसले किभसहित अन्य युक्रेनी सहरमा रहेका सैन्य पूर्वाधारलाई लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ। […]