लोककल्याणकारी विज्ञापनको दररेटसम्बन्धी निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति

सरकारले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पत्रपत्रिकालाई २०८३ असोज महिनासम्म साविककै दररेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासङ्घले त्यसप्रति आपत्ति जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विज्ञापन बोर्डले यससम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागतयोग्य भए पनि आफ्ना माग पूर्ण रूपमा सम्बोधन नभएको जनाएको हो। महासङ्घले कुनै वैज्ञानिक आधार र […]

प्रतिनिधि सभाको दोस्रो अधिवेशन: दर्तामध्ये एकतिहाइ विधेयकमात्रै पारित

प्रतिनिधिसभाको दोस्रो अधिवेशन १४५ दिन चालु रहँदा ६२ दिनमा ६८ वटा बैठक बसेका छन्। ती बैठकमा संसदीय काम कारबाहीमा २७७ घण्टा ३० मिनेट समय व्यतीत भएको संघीय संसद्ले जनाएको छ। दोस्रो अधिवेशन २०८३ वैशाख २८ गते सूरु भई असोज १६ गते शुक्रबारसम्म सञ्चालन भएको हो। यस अवधिमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठक वैशाख २८ […]

कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध

अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएकामा कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएका छन्। हिल्सा–सिमकोट सडक आयोजनाले निरन्तर आवागमन खुलाउने प्रयास गरेपछि शुक्रबार दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएका उक्त सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार वर्षाका कारण सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका यात्रु तथा सवारीसाधनलाई सहज हुनेगरी सडक खुलाइएको […]