नेपाल–चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्नेमा झलनाथ खनालकाे जाेड
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुई दिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उनले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताए।नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले दुई देशबिचको सम्बन्धलाई अझ समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड […]
ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला/रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो । सडक […]
कांग्रेसको १५औँ महाधिवेशन: इतर समूहको निर्वाचन समिति संयोजकमा पोखरेल
नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ। पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकिएको हो। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका छन्। महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया निष्पक्ष र […]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राससलाई जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।