सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु
सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार बिहीबार दिउँसो काउडाको दक्षिण र पश्चिममा पर्ने डेबी र लुवैरी क्षेत्रमा सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थका लडाकुले गरेको आक्रमणमा महिला तथा बालबालिकासहित २१ जनाभन्दा बढीको मृत्यु भएको थियो। घटनामा अन्य धेरै […]
जब पुरिएको घरको पर्खालभित्रबाट बचाऊ-बचाऊ भन्ने आवाज आयो
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरेको चारतले घरभित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने गुहार सुनेपछि सुरक्षाकर्मीले ११औं दिनमा एक ६४ वर्षीया महिलाको जीवितै उद्धार गरेका छन्। नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावती बजारस्थित आनन्दलाल श्रेष्ठको पुरिएको घरबाट उनकी श्रीमती चन्द्रीका श्रेष्ठलाई शनिबार अपराह्न सकुशल बाहिर निकालिएको हो। उद्धारलगत्तै उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना […]
राज्यका निकाय अन्योलमा छन्, लक्षण राम्रो देखिएको छैन: प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण निकायहरू अन्योलको अवस्थाबाट गुज्रिरहेको बताएका छन्। वर्तमान सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले अहिले देखिएका राजनीतिक तथा प्रशासनिक लक्षणहरू राम्रो नभएको बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारका राम्रा काममा सहयोग रहने भए पनि गलत […]