‘त्रिशूली थ्री बी’मा उद्धार रोकियो, सेनाले गर्‍यो रेकी मात्रै

रसुवामा बाढीपहिरोका कारण प्रभावित ‘त्रिशूली थ्री बी’ आयोजनास्थलमा नेपाली सेनाले आजका लागि उद्धार तथा उत्खननको काम स्थगित गरेको छ। घटनास्थलमा जीवित भेटिने सम्भावना कम रहेको र सेनाको प्राथमिकता जीवित व्यक्तिको उद्धारमा रहने भएकाले आज उद्धारको काम अघि नबढाइएको हो। नेपाली सेनाको टोलीले आज हेलिकप्टरमार्फत घटनास्थल पुगेर रेकी (स्थलगत निरीक्षण) मात्रै गरेको छ। रेकीका क्रममा घटनास्थलमा […]

रसुवा र धादिङका ६ स्वास्थ्य संस्था क्षतिग्रस्त, ९ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन

हालैको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा र धादिङका विभिन्न ६ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । जसअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे स्वास्थ्य चौकी, गोसाइँकुण्ड–५ स्थित स्याफ्रुबेँसी स्वास्थ्य चौकी, उत्तरगया गाउँपालिका–२ स्थित गैलुङ सामुदायिक स्वास्थ्य एकाइ र गोसाइँकुण्ड–२ स्थित रसुवागढी हेल्थ डेस्क पूर्ण रूपमा क्षति भएका छन् । यसैगरी धादिङको बेनीघाटस्थित चरौँदी प्राथमिक […]

बाढी प्रभावित क्षेत्रमा भारतीय प्राविधिक टोलीद्वारा सुरुङको स्थलगत निरीक्षण

भारतबाट आएको विशेष प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत निरीक्षण गरेको छ । सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन स्थलगत निरीक्षणबाट प्राप्त सुझावले सहयोग पुग्ने अपेक्षा गरिएको छ विशेष प्राविधिक टोली भारतबाट शनिबार विमानमार्फत नेपाल आएको थियो। टोलीमा ११ सदस्यीय मेडिकल तथा टनेल रेस्क्यु टोलीका साथै अन्य राहत […]