राष्ट्रियता र संविधानमाथि ठूलो खतरा छ, अब कांग्रेस एकताबद्ध हुनुपर्छ: पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता र संविधान गम्भीर संकटमा रहेको बताएका छन्। यस्तो अवस्थामा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक व्यवस्था जोगाउन कांग्रेसको आन्तरिक एकता पहिलो सर्त भएको उनले बताए। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले वर्तमान राजनीतिक परिस्थिति निकै संवेदनशील बन्दै गएको भन्दै कांग्रेसभित्र पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूबीच ध्रुवीकरण आवश्यक रहेको बताए। […]
केही भएन, सबै खराब भयो भन्ने भाष्यले अहिलेको अवस्था आयो : शेरबहादुर देउवा
नेपाली कांग्रेसका निवर्तमा सभापति शेरबहादुर देउवाले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। विगतमा कांग्रेसले लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि खेलेको भूमिकाको स्मरण गर्दै उनले विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। लामो समय स्वास्थ्य उपचारका क्रममा परिवारसहित विदेशमा रहेका देउवा हालै नेपाल फर्किएका हुन्। नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपाल फर्किएपछि […]
म्याद गुज्रेका सिलिन्डर बेच्ने ग्यास उद्योगलाई तीन लाख जरिवाना
म्याद गुज्रेको र कम तौलको सिलिन्डर बिक्री गरेको भन्दै रिजालको भान्छा ग्यास उद्योग प्रालिलाई जिल्ला प्रशासन कार्यालय मोरङले करिब तीन लाख रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका हात्तीमुडास्थित प्रालिलाई शुक्रबार दुई लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो। साउन २७ गते जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, […]