वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं. ८५ (घ) अन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रमअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो। मन्त्रालयले सरकारी अस्पतालमा […]

जनस्वास्थ्यमा खेलवाड गर्नेहरूसँग सम्झौता हुँदैन: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुले अस्वच्छ र गुणस्तरहीन खाद्य पदार्थ बिक्री वितरण गरी नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेमाथि कारबाही गर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत मन्त्री गुरुले जनस्वास्थ्यका सवालमा कसैसँग कुनै सम्झौता नहुने बताएका हुन्। नागरिकको स्वास्थ्य र जिउधनको सुरक्षा राज्यको पहिलो जिम्मेवारी रहेको मन्त्री गुरुको भनाइ छ। दूषित वा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको […]

कर्मचारी सरुवा प्रक्रिया अब पूर्ण रूपमा डिजिटल प्रणालीबाट हुने

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी सुरु गरेको छ। सरुवा प्रणालीलाई पारदर्शी, छिटो, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल प्रणाली विकासको काम अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग […]

सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

 ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ। सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु भाइरस नियन्त्रणका लागि निरन्तर औषधि […]