सुनको मूल्य एकैदिन ५ हजार रुपैयाँले बढ्यो

काठमाडौं – स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । अघिल्लो शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर २ लाख ८६ हजार रुपैयाँमा उक्लिएको हो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ४ हजार ७२० रुपैयाँमा उक्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । […]

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरिने भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्यले निवेदन पेश गर्ने भएकी हुन् । एमाले निकट कानून व्यवसायीहरुले ओलीको पक्षमा वकालत गर्नेछन् । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ । जेनजेड […]

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ […]

बिपी राजमार्गमा यातायात सञ्चालन, सतर्कता अपनाउन अनुरोध

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ । शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो । उक्त […]

यस्तो छ सरकारले पारित गरेको सुन्दर १०० कामको सूची

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि १०० वटा कार्ययोजना सार्वजनिक गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले ती सय कार्ययोजनालाई छोटकरीमा उल्लेख गरेका छन्। त्यसमा सम्पत्ति छानबिन, भदौ २४ का घटनाको छानबिनलगायत बुँदाहरू छन्। यी हुन् १०० कार्ययोजना: १. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद। २. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने। ३. […]

मध्यपूर्वमा तनाव : बाँकेका उद्योगलाई कच्चा पदार्थको अभाव

राँझा (बाँके) – बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ । मध्यपूर्व एसियामा तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने अवस्थासम्म पुगेको नेपालगन्ज उद्योग वाणिज्य संघका एसोसिएट सदस्य तथा स्टार पोलिपाइप उद्योगका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिए । उनका […]

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै उपलब्ध गराउने योजना अघि सारेको छ। शनिबार साँझ सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक सेवाहरू घरमै पुर्‍याउने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ । पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त योजना आगामी १०० दिनभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी […]