मध्यपूर्व युद्ध : लेबननमा एक लाख मानिस विस्थापित
इजरायली हवाई हमलाका कारण लेबननमा करिब सात लाख मानिसहरू एक हप्ताभित्र आफ्नो घर छोड्न बाध्य भएका छन्, जसमा एकै दिनमा एक लाखभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले भन्नुभयो,“जीवनहरू ठूलो मात्रामा प्रभावित भएका छन् । धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएका थिए […]
इरानले भन्याे– आफ्नो सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा तयार छाैँ
इरानका विदेशमन्त्री सईद अब्बास अराघ्चीले ईरान पश्चिम एशियामा रहेका अमेरिकी र इजरायली सैन्य ठिकानामाथि मिसाइल आक्रमण आवश्यकतानुसार निरन्तर जारी राख्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। अमेरिकी–इजरायली पक्षले ईरानका मिसाइल प्रतिष्ठानमाथि गरेको आक्रमणले ईरानको प्रतिकार रोक्न असफल भएको अराघ्चीले बताए । अराघ्चीले टिप्पणी गरे कि संयुक्त राज्य अमेरिका र इजरायलसँग कुनै ‘व्यावहारिक अन्त्य योजना’ छैन […]
‘निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने बताएका छन् । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् आज यहाँ धन्यवाद ज्ञापन गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले लोकतन्त्रको स्वस्थता र सवलताका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको बताएका हुन् । जनताको इच्छा, चाहना र […]
विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताएका छन्। अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुग्नुभएका सचिव श्रेष्ठले स्थानीय तहलाई जिम्मेवार बनाई स्रोतसाधनको व्यवस्था र प्राविधिक सहयोग भने प्रदेश र सङ्घ सरकारले गर्नुपर्ने धारणा राखे। गत साता सम्पन्न निर्वाचनका सन्दर्भमा मौसम […]
मोदीको पोस्टमा बालेनको रिप्लाई: नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउन सहकार्य गर्नेछौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल पोस्टमा रिप्लाई गरेका छन्। मोदीले सोमबार रास्वपाको चुनावी सफलता र आगामी सरकारका लागि फेसबुकमार्फत शुभकामना दिएपछि मंगलबार बालेनले त्यसको जवाफ फर्काएका हुन्। बालेनले आफ्नो रिप्लाईमा भारतीय प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। उनले नेपाल र भारतबीच रहेको ऐतिहासिक तथा […]
मधेसमा श्रम संस्कृति पार्टीले कहाँबाट कति पायो समानुपातिक मत
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। श्रम संस्कृति पार्टीले जेनजी आन्दोलनपछि गठन भई यस निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दलको दर्जा हासिल गरिसकेको छ। तर समानुपातिक मत परिणाम हेर्दा मधेस प्रदेशमा भने उक्त पार्टीको प्रभाव कमजोर देखिएको छ। निर्वाचन आयोगका अनुसार मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये सबै […]
प्रतिनिधिसभा निर्वाचन : विष्णु पौडेलको चुनावी खर्च २८ लाख
फाइल तस्बिर काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ९७ हजार […]
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले नेपालको आर्थिक–सामाजिक विकासका […]
रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता
त्रिवेणी– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी […]
अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
काठमाडौँ । अर्थ मन्त्रालयले पाँच वर्षे अवधिका लागि ६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण संकलन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ‘विकास ऋणपत्र २०८७’ मार्फत उक्त ऋण उठाउने योजना तयार गरिएको हो। ऋणपत्रको बोलकबोल प्रक्रिया २६ फागुनमा सम्पन्न हुने र निष्कासन २७ फागुनबाट सुरु हुने व्यवस्था रहेको छ। बैंक तथा […]