नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त निराजन भन्ने निरन्जनकुमार खरेल पक्राउ परेका छन्। रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय खरेललाई गत शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। आ.व ०७९/०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंमा खरेलविरुद्ध नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा जाहेरी […]
मधेश प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाईमा राजनीति गरेकाेप्रति लोसपाको प्रदर्शन

मधेश प्रदेशका प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाई गरेर राजनीति गरिरहेको आरोप लगाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु विरोधमा उत्रिएका छन्। प्रदेश प्रमुखले दलीय कार्यकर्ता जस्तै राजनीति गर्न खोजिरहेको भन्दै लोसपाका नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रदेश प्रमुख विरुद्ध नारावाजी गर्दै मधेशको प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । लोसपाका नेता […]