स्याङ्जामा करेन्ट लागेर पोखरा फाइबर नेटका कर्मचारीको मृत्यु

पोखरा । स्याङ्जामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।मृत्यु हुनेमा रौतहट गुज्रा नगरपालिका वडा नं १ रङ्गपुर घर भई हाल पुतलीबजार नगरपालिका वडा नं १ ठाडोलाइनमा डेरा गरी बस्दै आएका २५ वर्षीय अरुणकुमार चौधरी छन् । उनी पोखरा फाइबर नेटमा काम गर्दै आएका बताइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका […]

घोडाखाँदबासीको प्रश्न –चुहिने स्वास्थ्यको भवन कहिले मर्मत हुन्छ ?

थारम, टिमु, ढिल्की, सल्लेरी, डुफा र थाराको केन्द्रमा रहेको ढकारीको घोडाखाँदमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा समस्या उत्पन्न भएको छ । ढकारी– ७ को वडा केन्द्र घोडाखाँद स्थित स्वास्थ्य चौकीको भवन चुहिन थालेपछि त्यस क्षेत्रको स्वास्थ्य सेवामा समस्या आएको हो। भवन चुहिदा औषधी र उपकरणहरु प्लाष्टिकले छोपेर राखिएको स्वास्थ्य चौकी इन्चार्ज सुर्यबहादुर साउदले बताए। ‘भवनका सबै […]

मिनेन्द्र रिजालको प्रश्न- प्रचण्डले छाडिदिँदा गर्ल्यामगुर्लम्म ढल्ने चाहिँ के हो?

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले राजनीतिक दलका नेतृत्वमा रहनेहरूले आफूलाई सारा पृथ्वी बोकेको सोच्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै रिजालले नेताहरूका त्यस्तो सोचले  राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरण नभएको बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि एक कार्यक्रममा आफूले छाड्दा गर्ल्यामगुर्लुम झर्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि रिजालले कटाक्ष गरे। ‘नाम […]

प्रचण्डलाई जनार्दनको जबाफ- शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्यकथा भइसक्यो, भूकम्प आउँछ नसोच्नू

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छ। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनागले पृथ्वी बोक्ने कुरा दन्तेकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिए। ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी […]

आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन […]

संखुवासभामा ४.४ म्याग्निच्युडको भूकम्प

संखुवासभामा भूकम्प गएको छ । राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको छ। भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति पुर्याए/नपुर्याएको थाहा हुन सकेको छैन । जिल्ला प्रशासन […]