सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानबिन पुनः गर्न जरुरी रहेको बताए । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानबिन […]

रुसी तेल बेचेर नाफा कमाइरहेको छ भारत

भारतले रुसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाइरहेको आरोप अमेरिकाले लगाएको छ । मंगलबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो आरोप लगाएका हुन् । रुसको कच्चा तेल किन्न बन्द नगरेको भन्दै ट्रम्प प्रशासनले भारतबाट आउने सामानमा अमेरिकी भन्सार महसुल बढाएर ५० प्रतिशतमा पुर्‍याउने निर्णय गरेकै समयमा बेसान्टको यो टिप्पणी आएको हो । […]

आज यी क्षेत्रहरुमा भारी वर्षातको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ जसको प्रभावले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै […]