‘विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल भइरहेको छ’ : परराष्ट्र मन्त्री राणा

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी गराएकी हुन् । ‘परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसंघीय महासभादेखि […]
उनले थपिन्, ‘म ४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको। विराटनगरमै मैले शपथ खाएको।’ राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनले स्पष्ट पारिन्। आफ्नो आलोचना र व्यक्तिगत आरोपहरूका बारेमा बोल्दै भण्डारीले आफू आलोचनाभन्दा मुक्त नरहेको र कोही पनि आलोचनाभन्दा मुक्त नहुने बताइन्। ‘म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि छैन,’ उनले भनिन्। ‘गुट चलाएको’ आरोप लागेकोबारे सञ्चारकर्मीले प्रश्न गर्दा उनले प्रतिवाद गरिन्। ‘मलाई गुट चलाउन आउँदै आउँदैन,’ उनले भनिन्। मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नहरूको जवाफमा भने उनले ‘पार्टीका नेताहरूलाई सोध्न’ आग्रह गरिन्। हालै कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटलाई सामान्य रूपमा लिनुपर्ने उनले बताइन्। ‘शेखर कोइरालासँग मेरो भेट भएको हो। अब उहाँ पनि मोरङ विराटनगरकै हो। हामी पनि त्यहीँ जन्मिएर हुर्केको हो। त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ’, उनले भनिन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताइन् । आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै उनले पार्टीको हितका लागि काम गर्ने बताइन् । उनले भनिन्, ‘म नेकपा एमाले नै […]
तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ बीवाईडीले महोत्सवलाई सम्पन्न गर्न मुख्य प्रायोजन गर्ने

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ बीवाईडीले महोत्सवलाई सम्पन्न गर्न मुख्य प्रायोजन गर्ने पोखरा , नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो […]
टप एन्ड टी-२० सिरिज : नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार मेलबर्न स्टार्ससँग खेल्दै छ । डार्विनको टीआईओ स्टेडियममा हुने खेल विहान नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने स्टार्सको कप्तानमा बिग ब्यासका अनुभवी साम हार्पर छन् । नेपाल हालसम्म खेलेका दुवै खेलमा पराजित भएको […]