बालकको पेटमा अड्किएको कैंची शल्यक्रियाबाट निकालियो

 १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि बालक घर फर्किएको उनले बताए । […]

तनहुँमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते

पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान ७ः३० बजे माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् । पोखराबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४१३ नं को माइक्रो बस [हाईस] चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रनाउ थापा […]