यी ६ प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, […]