आज कहाँ कहाँ वर्षातको सम्भावाना छ ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का हल्का वर्षा भइरहेको छ। […]