एयर इन्डिया दुर्घटना : पाइलटले जानाजान दुर्घटना गराएको हुनसक्ने विशेषज्ञको आशंका

एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका छन्। भारतका प्रख्यात विमान सुरक्षा विज्ञ क्याप्टेन मोहन रंगनाथनले इन्धन नियन्त्रण स्विचहरू र ककपिट अडियोको आधारमा यो दुर्घटना मानवनिर्मित हुन सक्ने बताएका हुन्। उनका अनुसार, बोइङ ७८७ ड्रीमलाइनरको इन्जिनमा इन्धन आपूर्ति काट्ने स्विचहरू स्वत: बन्द हुँदैनन्, तिनलाई […]
जंगली हात्तीले लियो महिलाको ज्यान

मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणमा परेर घाइते बनेकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बेलबारी नगरपालिका– ८ की ४५ वर्षीया अमिना राजवंशीको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो। आइतबार दिउँसो तीन बजेको समयमा घर नजिकै रहेको खेतमा पानी लगाउन गएकी राजवंशी जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको थियो। न्युरो अस्पताल […]
सेनाले गर्यो सकेट बम डिस्पोज

नेपाली सेनाले जुम्लामा सकेट बम डिस्पोज गरेको छ। सोमबार नेपाली सेनाले तातोपानी गाउँपालिका-४ स्थित जैइतपुरको चउरमा सकेट बम डिस्पोज गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाल प्रहरीको टोली गस्ती जानेक्रममा सकेट बम फेला परेको थियो। बम फेला परेपछि सेनालाई बोलाइएको थियो। बम डिस्पोजल टोली गएर त्यसलाई निष्क्रिय पारेको हो।
पंखाको तार जोड्दा अचानक करेन्ट लाग्यो, उपचार क्रममा मृत्यु

रूपन्देहीको गैंडहवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार गैंडहवा गाउँपालिका वडा नं. ६ लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको करेन्ट लागेर मृत्यु भएको हो। आइतबार साँझ सवा ८ बजेतिर आफ्नै घरको सुत्ने कोठामा रहेको टेबल पंखाको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। करेन्ट लागेर […]
संसद् विरोधको थलो होइन, समाधानको मञ्च बनाउनुपर्छ : सभामुख

सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सोमबार संसद बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सोमबार छलफल गरेका हुन् । त्यसक्रममा सभामुख घिमिरेले प्रतिपक्षमा रहेका केही सांसद्हरुले निरन्तर संसदको नियमित कारबाहीमा भाग नलिएकोमा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘संसदको नेतृत्वको तर्फबाट व्यक्तिगत रूपमा मेरो गम्भीर ध्यानाकर्षण भएको […]
स्कुटर मिनिट्रकको पछाडि ठोक्कियो, एकको मृत्यु

तनहुँको व्यास नगरपालिका–१ अम्रेनीस्थित पृथ्वीराजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ११:५५ बजे डुम्रेबाट दमौलीतर्फ गइरहेको ग २२ प ३९८९ नम्बरको स्कुटर अगाडि सडकको बाँया पट्टी रोकी राखिएको बा १ क ८७१४ नम्बरको मिनिट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो। […]
पूर्खेउली पुन समाजमा सात दिने उदघोषण तालिम

पोखरा असार ३० / पोखरा ६ बैदाममा रहेको पूर्खेउली पुन समाजमा सात दिने उदघोषण तालिम सम्पन्न भएको छ । पूर्खेउली पुन समाजको आयोजनामा यहि असार २३ बाट २९ गते सम्म तालिम समाज हल बैदाममा सञ्चालन भएको हो । समाज भित्र रहेका सदश्यहरुको क्षमता विकास गराउने उदेश्यले तालिम आयोजना गरिएको संस्थाका संस्थापक अध्क्षय दुध बहादुर राम्जालीले […]
पोखरा–२२ मा सरसफाइ र वृक्षरोपण अभियान सम्पन्न, समुदायको उल्लेखनीय सहभागिता

पोखरा, असार ३० — पोखरा महानगरपालिका–२२ अन्तर्गत छोरेपाटनदेखि छापासम्मको सडक खण्डमा आज सोमबार बिहान ७:३० बजे सुरु भएको बृहत सरसफाइ तथा वृक्षरोपण कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। सडक छेउछाउको फोहोर संकलनसँगै कल्कि, मिनि गुलमोहर, परिजात, घुपी लगायतका फूलका बिरुवा रोपिँदै वातावरणीय सौन्दर्य बढाउने कार्यमा सक्रिय सहभागिता देखिएको थियो। वडा सदस्य कृष्णकुमारी देवकोटाले बिरुवा रोपेर […]
आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका […]
डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न। पोखरा २९, असार। डेभिजफल बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १७ ले तेह्रौ बर्ष पूरा गरि चौधौ बर्षमा प्रबेश गरेको अवसरमा संस्थाको आयोजनामा संस्थाका उपाध्यक्ष राजेन्द्र थापाको संयोजकत्वमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुखअतिथि वडा १७ का वडा अध्यक्ष राधिकाकुमारी शाहीले पहिलो […]