‘सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयो’: शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन् । रास्वपाको महाधिवेशन स्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीमा कुनै गुट उपगुट छैन भने । उनले भने, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।” उनले सभापतिको प्रस्तावक […]
शिक्षा मन्त्री पुन र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र चिनियाँ राजदूत महामहीम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरू आज बुधवार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । उक्त भेटवार्तामा नेपाल र चीनबीच विज्ञान, प्रविधि र नवप्रवर्तन (साइन्स, टेक्नोलोजी र इनोभेसन) को क्षेत्रमा आपसी सहकार्यलाई अझ मजबुत बनाउने विषयमा गहन छलफल भएको […]
ट्राफिक प्रहरीले ड्युटीको समयमा चालकसँग हात मिलाउन नपाउने

ट्राफिक प्रहरीले अब ड्युटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन्। ट्राफिक प्रहरीले ड्यटीको समयमा सवारी सेवाग्राहीहरूसँग हात मिलाएका भिडियोहरू सामाजिक सञ्जालमा आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो निर्देशन जारी गरेको हो। ‘अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीहरूले ड्युटीको समयमा सवारीचालकलगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाउने कार्यलाई पूर्ण रूपमा अस्वीकार गरी टाढैबाट […]
गैरकानुनी रुपमा नेपाल बस्दै आएका २४ बंगलादेशी पक्राउ

पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि सकिएर पनि नेपालमा बस्दै आएका २४ बंगलादेशी काठमाडौंबाट पक्राउ परेका छन्। गैरकानुनी रूपमा नेपालमा बस्दै आएका उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो। उनीहरु डल्लु र सितापाइलालगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुलाई प्रहरीले […]
गुण्डुमा एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केहीबेर अघि बैठक सुरु भएको हो। उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि पार्टीले अख्तियार गर्ने रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । एमालेले उपाध्यक्ष पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै गरैरकानुनी समेत भनेको छ। पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । […]
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत् प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिएका छन्। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरूको सोमबार छुट्टाछुट्टै बैठकमा महसुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठुलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट गर्नुपर्ने सुझाव दिएका […]
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सङ्खुवासभाको सभापोखरी स्थायी घर भई हाल भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ३, कौशलटार बस्दै आएका ६७ वर्षीय नेपाललाई बुढानीलकण्ठ नगरपालिका–१० स्थित कटारी बस्तीबाट सोमबार पक्राउ गरिएको हो।नेपाल चेक अनादर मुद्दामा […]
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ […]
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन

कोशी प्रदेश सरकारले बजेट निर्माणका लागि योजनाहरू प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणाली (पिएलएमबिआइएस)मा धमाधम इन्ट्री गरिरहेको छ । कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले पीएलएमबीआईएसमा योजनाहरू आफ्नो मन्त्रालयले पनि राखिरहेको बताए । तर, यसअघि प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ १५ गतेभित्र बजेटमा समावेश गर्ने योजनाहरूको सिस्टममा इन्ट्री सक्ने बताएका थिए […]
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ यस वर्षको धान रोपाइँमा व्यस्त देखिएका छन् । पूर्वी नेपालको भोजपुर घर भएका खापुङले शनिबार सामाजिक सञ्जालमा आफू रोपाइँमा सहभागी भएको भिडिओ सार्वजनिक गरेका हुन् । सार्वजनिक भिडिओमा उनी खेतको हिलोमा कान्ला सम्याउँदै (बाउसे गर्दै) गरेको अवस्थामा देखिएका छन् । उनको साथमा अन्य स्थानीयवासी र एक हल गोरुले […]